खारेजी पछि चलअचल सम्पति नगरपालिकालाई हस्तान्तरण

 पब्लिक संवाददाता      बुधबार, माघ २२, २०७६      0

दोलखा २२ माघ । जिल्ला बाल कल्याण समिति दोलखा खारेज भए पछि आप्mनो नाममा रहेको चलअचल सम्पति भीमेश्वर नगरपालिकालाई हस्तान्तरण गरेको छ ।
नगरपालिकालाई समितिले १ लाख ३ हजार पाँच सय पाँच रूपैंयाको चेक हस्तान्तरण गरेको हो । सरकारले जिल्ला बाल कल्याण समितिहरु खारेज गरे पछि मंगलबार बसेको समिति बैठकले निर्णय सम्पत्ति नगरपालिकालाई हस्तान्तरण गरेको प्रमुख जिल्ला अधिकारी तथा तत्कालीन समितिका अध्यक्ष भीमकान्त शर्माले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी शर्माले नगरपालिकाका प्रमुख भरत केसीलाई चेक हस्तान्तरण गरेका थिए । उनले समितिमा रहेको महत्वपूर्ण कागजातहरु पनि हस्तान्तरण समेत गरेकाछन ।
भीमेश्वर नगरपालिकाले नगर स्तरीय बाल कल्याण समिति निर्माण गरि सो रकम बालबालिको क्षेत्रमा खर्च गर्ने नगरपालिकाका प्रमुख भरत केसीले बाताएका छन । नगर प्रमुख भरत केसीले बालबालिकाको हकअधिकारका लागि चिल्ड्रेन सेफ हाउस निर्माणका लागि प्रदेशबाट ३५ लाख प्राप्त भई प्रक्रिया अघि बढेको बताए ।
प्रजिअ शर्माले जिल्लाका सम्पूर्ण स्थानीय तहलाई बाल समिति गठन गरि बाल कल्याण सम्बन्धी कार्यहरू प्रभावकारी बनाउन आग्रह गरे । जिल्ला बाल कल्याण समिति खारेज भएसँगै बालबालिका सम्बन्धी ऐन २०७५ अनुसार स्थानीय तहको उपप्रमुख तथा उपाध्यक्षले तोकेको निर्वाचित सदस्यको संयोजकत्वमा स्थानीय बाल समिति गठन गर्नुपर्ने व्यवस्था रहेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *