खबरदार डाँडामा शहिदको सपना प्रति गम्भिर नेपाली लेखक संघ

 पब्लिक संवाददाता      बिहिबार, माघ १६, २०७६      0

दीपशंकर चौलागाई

दोलखा १६ माघ । शहिद दिवसको अवसर पारि नेपाली लेखक संघ दोलखा शाखाले ‘कविता बाचन तथा शहिदको सपना र बर्तमान’ बिषयक अन्र्तक्रिया कार्यक्रम सदरमुकाम चरिकोटको खबरदार डाँडामा सम्पन्न भएकोछ ।
सम्वृद्ध देशका सुखि नागरिक बनाउने सपना बोकेर आप्mनो जिबन आहुत्ति दिने शहिदहरुले कोरे बाटोलाई राजमार्ग बनाउने अभियानमा हिडेको अधिकांश कविताका भावहरुले प्रष्ट्याएका थिए ।
कविहरुले शहिदकी आमालाई दोसल्ला ओढाएर उनको मुहार उज्यालो हुन नसक्ने यथार्थको चित्रण गर्दै शहिदको रगतको सम्मान सरकारले नगरेको समेत आरोप लगाएका थिए । दिवसको दिन दिएको दोसल्ला रात दिन आँसु पुच्दा च्यातिएकोले आमाको मुहार हसाउन ब्याङग्यात्मकरुपमा कविहरुले सरकार संग आग्रह गरेकाछन । शहिदको सपना सकार पार्न कविताको माध्यम दुवारा सम्पूर्ण राजनैतिकदलहरुलाई कविहरुले अपिल समेत गरेकाछन ।
कवि मान बहादुर खड्काले छोरी गुमाएकी आमाको मुहारमा उज्योलो पनि आएन छोरी पनि नआएको पिडा कविता मार्फत बोध गराएका थिए । कवि मुरारी दुलालले शहिदहरुले कोरे बाटोलाई राजमार्ग बनाउने अभियानमा कविहरु लागेको बताएका थिए । कवि डम्बर प्रसाद चौलागाईले शहिदको रगतले लोतफोतिएको स्थान पनि सरकाले पखाल्न नसकेको आको्रस ब्याङग्यात्मक शैलिमा व्यक्त गरे ।शहिदका सुन्दर सपनालाई ख्याल ख्याल सम्झेर देश भक्त नेपाली पीडा दिएको आक्षेप कविता मार्पmत नवउदयमान कवि लक्ष्मण गुभाजु , कवि राजन बस्नेत र कवियत्री मेनुका चौलागाईले लगाएका थिए ।
कला,साहित्यका धरोहर ,लोकप्रिय गायक एवम नेपाली कांगे्रसका नेता केशवराज चौलागाईको प्रमुख आतिथ्यतामा कविता बाचन तथा शहिदको सपना र बर्तमान’ बिषयक अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *