दीपशंकर चौलागाई
दोलखा १६ माघ । कारगार ब्यबस्थापन बिभागका महानिर्देशक गजेन्द्र बहादुर श्रेष्ठले बन्दीहरुलाई उद्यमशिलता तर्फ उन्मुख गराई सुधार गृहका रुपमा स्थापित गराउने बताउनु भएको छ ।
बिभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी बहन गरि आफु कारगार ब्यबस्थापन बिभागका महानिर्देशक भएको नौ दिन मात्र भएकोले आप्mनो कार्यकालमा देश भरिका कारगारमा रहेका बन्दीहरुलाई उद्यमशिल बनाई कारगार को अबस्थामा सुधार गर्ने बताउनु भएको हो ।
दोलखाको सदरमुकाम चरिकोटमा रहेको देशकै चौथो पुरानो कारगारका बन्दीहरुलाई सुविद्यायुक्त नयाँ भवनमा राख्ने नवर्निमित बन्दीगृहको स्थान्तरण कार्यक्रमको उद्घाटन गर्दै महानिर्देशक गजेन्द्र बहादुर श्रेष्ठले सो कुरा बताउनु भएको हो ।
१७ जना कैदी बन्दी राख्ने क्षमता भएको क्षमता रहेको नवर्निमित बन्दीगृहमा हाल पनि एक सय ९ जना राख्न बाध्य रहेको स्वीकार्दै महानिर्देशक श्रेष्ठले भन्नु भयो ‘दुई महिनाको अन्तरालमा २ हजार बन्दी थपिने अवस्था आएकोले यो अवस्थाबाट गु्रजिन बाध्य रहेका हौ ।’ अब बन्दीहरुलाई कारगारमा राख्ने मात्र नभई श्रम गर्न लगाउन कानुनमा ल्याउन आबश्यक रहेको उहाँले जिकिर गर्नु भयो ।
चरिकोटको कारागारमा रहेका बन्दीहरुले नाईक र सह नाईकेहरु बाट आफुहरु ठगीएको भन्दै केही महिना अघि आन्दोलन गरेकोले उनीहरुको समस्या समधानको लागी नाईक र सह नाईकेलाई कावार्ही गरि तत्काल सुविद्यायुक्त नवर्निमित बन्दीगृहको स्थान्तरण गरेको प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिनु भयो ।
Leave a Reply