दोलखा १५ माघ । विगुल फाउण्डेशन नेपालले कला, शिक्षा र पत्रकारिता क्षेत्रका राष्ट्रिय व्यक्तित्वलाई सम्मान गरेको छ । समाजिक अभियन्ता लक्ष्मण गुभाजु र श्रीमती विपना श्रेष्ठ गुभाजुले विगुल फाउण्डेशन मार्फत राष्ट्रिय व्यक्तित्वहरुको सम्मान गरेका हुन ।
सम्मानित हुनेहरुमा बरिष्ठ कलाकार एवं जेष्ठ नागरिक संघका केन्द्रीय अध्यक्ष मदनदास श्रेष्ठ, शिक्षाविद् प्राध्यापक डाक्टर सुधा त्रिपाठी, पत्रकार चिरञ्जीवी मास्के र गौरीशङ्कर बहुमुखी क्याम्पस चरिकोटका क्याम्पस प्रमुख शान्त केसी रहेका छन् । गुभाजु परिवारले बैवाहिक बर्षगाठको अवसरमा फाउण्डेशनको स्थापना गरि चार जनालाई सम्मान गरेको छन ।
गौरीशङ्कर बहुमुखी क्याम्पसमा विगुल फाउण्डेशनका संरक्षक लक्ष्मण गुभाजुको स्वर्गीय बहिनी होमकुमारी गुभाजुको नाममा एक लाख ११ हजार एक सय ११ रुपैयाको शैक्षिक अक्ष्यकोषको स्थापना समेत गरेकाछन । कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश सदस्य बिशाल खड्काले सम्वृध नेपाल निमार्णमा सामाजिक अभियन्ताहरुको सकारात्मक अभियान महत्वपूर्ण हुने बताउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डे, नेपाली कांग्रेस दोलखाका नेता बर्मा लामा, बैज्ञानिक समाजवादी पार्टीका केन्द्रीय सदस्य बद्री चौलागाई, प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा पौडेल, प्राध्यापक डाक्टर सुधा त्रिपाठी, गौरीशङ्कर बहुमुखी क्याम्पसका प्रमुख शान्त केसी , गौरीशङ्कर बहुमुखी क्याम्पसका प्रोफेसर राजेश बस्नेत र विगुल फाउण्डेशनका संरक्षक लक्ष्मण गुभाजु लगायतले कला, शिक्षा र पत्रकारिता क्षेत्र देश विकासको महत्वपूर्ण गहना भएको धारण राखेका थिए ।
विगुल फाउण्डेशनका अध्यक्ष विपना श्रेष्ठ गुभाजुको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय व्यक्तित्वहरुको सम्मान तथा शैक्षिक अक्षयकोषको स्थापना गरिएको थियो ।
Leave a Reply