दीपशंकर चौलागाई
दोलखा ९ माघ । सशस्त्र प्रहरी बल चरिकोट गुल्मले आफ्नो १९ औँ वार्षिक दिवसको अवसरमा गुल्मका कर्मचारीहरुले रक्तदान गरेकाछन ।
दोलखा जिल्ला रेडक्रसको समेत सहयोगमा गुल्मपति सहित गुल्मका १३ जना कर्मचारीहरुले रक्तदान गरेको गरेका हुन ।
१९ औँ वार्षिकोत्सवको अवसरमा गौरीशंकर बालगृहका ३० जना बालबालिकाहरुलाई खाद्यान्न, खेलकुद सामग्री तथा स्टेसनरी वितरण गरेको सशस्त्र प्रहरी बल चरिकोट गुल्मले जनाएको छ ।
सशस्त्र प्रहरी बल चरिकोट गुल्मपति प्रहरी नायव उपरीक्षक मोहनबहादुर क्षेत्रीले बालगृहका बालबालिकाहरुलाई सहाराको अनुभूति दिनका लागि बालगृहका बालबालिकाहरुलाई खाद्यान्न, खेलकुद सामग्री तथा स्टेसनरी वितरण गरेको बताएकाछन ।
कार्यक्रममा सशस्त्र प्रहरीका जवानहरुले मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरेका थिए । बालगृहको प्राङ्गणमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले बालबालिकालाई खाद्यान्न, खेलकुद सामग्री तथा स्टेसनरी वितरण गरेको छन ।
गुल्मले गौरीशंकर बालगृह परिसरको सरसफाइ गर्नुका साथै गुल्म परिसरमा किवी लगायत विभिन्न जातका विरुवा रोपिएको गुल्मले जनाएको छ ।
Leave a Reply