
दीपशंकर चौलागाई । निशुल्क रुपमा १५ हजार ८ सय जना बिरामीको शल्य क्रिया गरि सम्भवत देशकै नमुना बन्न दोलखाको प्रस्तावित चरिकोट अस्पताल सफल भएको छ ।
चारबर्षको अवधिमा पोसिबल हेल्थ नामक अमेरिकी संस्थाको आर्थिक सहयोगमा न्याय हेल्थ नेपालले दोलखाको सदमुकाम चरिकोट स्थित प्राथामिक स्वास्थ्य केन्दलाई प्रस्तावित चरिकोट अस्पतालका रुपमा संचालन गर्दै आएको छ ।
नागरिकलाई सहज र सरलरुपमा स्वास्थ्य सेवा प्रदान गर्दै हजारौको संख्यामा जटिल शल्यक्रिया समेत गरेकोमा देशकै नमुना बन्न दोलखाको प्रस्तावित चरिकोट अस्पताल सफल भएको भिमेश्वर नगरपालिका का प्रमुख भरत केसीले बताए ।
नगर प्रमुख केसीले भने अस्पतालमा आईसियु , सिटी स्क्यान ,एम आर आई को ब्यबस्था गरि अस्पताललाई एक सय बेडको बनाउन प्रक्रिया अगाडी बढाएको जानकारी दिए । उनी भन्छन यो अस्पताललाई मेडिकल कलेज बनाउन भीमेश्वर नगरपालिकाले काम सुरु गरि सकेकाछौ । आगमी बर्ष देखी भीमेश्वर नगरपालिकाले हेल्थअसिटेन र स्टाप नर्स तहका कक्षाहरु संचालन गर्ने योजना बनाएको मेयर केसीको दाबि छ ।
न्याय हेल्थ नेपालका स्वास्थ्य सेवा निर्देशक डा. बिनोद दंगालले चार बर्षको २ लाख २८ हजार ३७ जना बिरामीलाई ओपिडी सेवा दिईएको र १५ हजार ८ सय ७ जनाको शल्यक्रिया सहितको उपचार गरिएकोमा ९ सय ४० वटा गम्भिर प्रकृतिका शल्यक्रिया भएको जानकारी दिए । उनी भन्छन चरिकोट अस्पतालले निकै जटिल प्रकृतिका शल्यक्रिया पनि जिल्लामै गर्न सफल भएको छ ।
चरिकोट अस्पतालका डा. हिमसहिल खड्काले ओपिडीमा आएका २ लाख २८ हजार ३७ जना बिरामी मध्ये ७ हजार ९ सय ९० जना बिरामीलाई अस्पतालमै भर्ना गरेर उपचार गरिएको बताइन । चार बर्षको अवधिमा ३ हजार १ सय ५५ जनाको सुरक्षित सुत्केरी गराईएकोमा ३ सय ९५ जनाको शल्यक्रिया मार्फत सुत्केरी भएको जानकारी दिइन । चरिकोट अस्पतालमा यो अवधिमा २ लाख ८१ हजार ७ सय ४२ जनाको ल्याव परिक्षण र ४ हजार ५ सय ५४ जनाले दाँतको उपचार गराएका छन् । अहिलेसम्म ४ हजार ६ सय १६ जनाले अस्पतालमा आएर स्थायी बन्ध्याकरण गराएका छन् । चरिकोट अस्पतालले बिरामीको सम्पूर्ण उपचार र औषधि निशुल्क उपलव्ध गराउँदै आएको छ । भूकम्पले ध्वस्त बनाएका दोलखाका बिभिन्न स्वास्थ्य चौकीको पुननिर्माण, चरिकोट अस्पताल संचालन, र सामुदायिक स्वास्थ्य कार्यक्रममा गरी ४० करोड रुपैयाँ खर्च भएको हो । कूल खर्च मध्ये ३५ करोड न्याय हेल्थ नेपाल मार्फत र करिव ५ करोड नेपाल सरकार मार्फतको खर्च रहेको न्याय हेल्थ नेपालका बरिष्ठ लेखा अधिकृत गोपी श्रेष्ठले जानकारी दिए । श्रेष्ठले न्याय हेल्थवाट खर्च भएको ३५ करोड रकम चरिकोट अस्पतालको भौतिक पूर्वाधार निर्माण तथा सुधार, अस्पताल सँचालन, तवल, भत्ता तथा चार वटा स्थानीय सरकारमा सँचालित सामुदायिक स्वास्थ्य कार्यक्रम र जिल्लाका १९ वटा स्वास्थ्य सँस्थाको भौतिक सँरचना पुन निर्माणमा खर्च भएको जानकारी गराए ।
Leave a Reply