पब्लिक संवाददाता
मङ्लबार, पुस २९, २०७६
0
दीपशंकर चौलागाई
माघे संक्रान्तीको लागि बनतरुल खन्ने क्रममा ढिस्कोले पुरिँदा दोलखाको भीमेश्वर नगरपालिका–२, डोक्थलीका ८० बर्षिय बिरबहादुर थामीको मृत्यु भएको छ ।
बनतरुल खन्न भनि घरभन्दा करिब एककिलोमिटको दुरीमा रहेको जंगलमा गएकोमा थामीलाई मृत अवस्थामा भेटिएको दोलखाकी प्रहरी निरीक्षक रुक्शा बज्राचार्यले जानकारी दिनु भएको छ ।
वनतरुल खन्ने खाल्टोमा माथिबाट ढुङ्गा खसी सोही ढुङ्गाले थिचेर मृत अवस्थामा मृतकको भतिजा डबल थामीले भेटेर प्रहरीलाई खबर गरेका थिए ।
मृतकको लास पोष्टमार्टमको लागि प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा राखिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । घटना बारे थप अनुसन्धान भइरहेको निरीक्षक बज्राचार्यले जानकारी दिनु भयो ।
Leave a Reply