नागरिकको खबरदारी, हेटौंडा प्रदेश राजधानी बन्न लायक छैन

 पब्लिक संवाददाता      मङ्लबार, पुस २२, २०७६      0

राजेश बस्नेत

दोलखा २२ पुस । सत्तारूढ दल नेकपाले ह्वीप जारी गर्दै अपायक ठाउँमा जबर्जस्ती प्रदेशको राजधानी राख्ने निर्यण गरिएमा दोलखाका नागरिकहरुले विरोध प्रदर्शन गरेका छन । प्रदेश ३ को राजधानी हेटौंडालाई तोक्न लागेको भन्दै उनीहरुले दोलखामा विरोध प्रदर्शन गरेका हुन ।
दस जिल्लालाई अपायक पर्ने हेटौंडामा जबर्जस्ती राजधानी राख्न लागिएकोमा दोलखाका नागरिकहरूले स्वतःस्फूर्त रूपमा सदरमुकाम चरिकोटमा विरोध प्रदर्शन गरी सातदोबाटो चोकमा कोणसभामा गरेकाछन । कोणसभामा नागरिक अभियन्ता चिरञ्जीवी मास्के , नागरिक अभियन्ता दिपशंकर चौलागाईं, दोलखा उद्योग वाणिज्य संघका महासचिव हेमराज रिमाल र नागरिक अभियान्ता रमेश खतिवडा लगायतले सम्बोधन गर्दै हेटौंडा सदरमुकाम तोकिएमा त्यसको गम्भीर परिणाम हुने चेतावनी दिएकाछन ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *