चितुवाको आक्रमणबाट आठ वर्षीय बालकको मृत्यु

 पब्लिक संवाददाता      सोमवार, पुस २१, २०७६      0

चितुवाको आक्रमणबाट तनहुँको आँबुखैरेनीमा आठ वर्षीय बालकको मृत्यु भएको छ।

चितुवाको आक्रमणबाट आँबुखैरेनी गाउँपालिका–१ खरानी गाउँका पुजन सिंजाली मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जनाएको छ। नजिक रहेको मामाघरबाट घर फर्कने क्रममा बालकलाई चितुवाले आक्रमण गरेको स्थानीय वासिन्दाले बताए।

लामो समयसम्म घर नफर्किएपछि खोजतसाल गर्न थालिएको थियो। खोजविनका क्रममा घरदेखि दुई सय मिटर पूर्व भिरमा उनको शव भेटिएको प्रहरीले जनाएको छ।
उनी स्थानीय सूर्योदय आधारभूत विद्यालयमा कक्षा २ मा अध्ययनरत थिए।

तनहुँमा चितुवाको आक्रमण फेरि सुरू भएको छ। चितुवा आक्रमणबाट सात बालबालिकाले ज्यान गुमाइसकेको डिभिजन वन कार्यालयका प्रमुख केदार बरालले बताए।

kathmandupress बाट साभार

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *