दोलखाको सुविसु इन्टरनेट सेवामा सधैं समस्या : सेवाग्राही मर्कामा

 पब्लिक संवाददाता      शनिबार, पुस १९, २०७६      0

चरिकोट। इन्टरनेट तथा केवल टिभी सेवा प्रदायक सुविसु केबल नेटले बितरण गरेको इन्टरनेट सेवाले दोलखाबासीलाई दिक्क-वाक्क नै बनाएको छ।
भीमेश्वर नगरपालिका स्थित चरिकोट बजार लगाएत अन्य गाउँपालिकाका बिभिन्न ठाउँमा वितरण गरिएको नेट राम्रोसँग नचल्दा सेवाग्राही मर्कामा परेका हुँन।
सुविसुले दोलखामा वायरलेस तथा फाईबर दुवै सेवा वितरण गरेको छ। तर ईन्टरनेट सेवामा दैनिक जसो समस्या आउन थालेको सेवाग्राहीहरु बताउँछन् ।पाँच हजार देखि नौ हजारसम्मको खर्चमा नेट जोड्ने र एक हजार देखि १५ सयसम्म सेवा सुल्क बुझाउँदा समेत सेवा राम्रो नपाएको गुनासो सेवाग्राहीहरुको छ। “दिनमा पाँच पटक फोन गर्छु तर पनि इन्टरनेट राम्रो बनाउन सकेका छैनन्” एक सेवाग्राहीले भने, “पैसा भने नेट चलेपनि नचलेपनि जतिको त्यति नै बुझाउनुपर्छ। पैसा दिने समय एक सेकेन्ड ढिला भए नेट नै काटि दिन्छ ।”
सुविसुले दोलखामा सञ्चालनमा ल्याएको इन्टरनेट सेवा हावा चलेको समय, पानी परेको समय र हिउँ परेको समय बढि अबरोध भएको पाइएको छ।
हरेक समय विभिन्न बमफर अफरहरु ल्याएर ग्राहक बढाउन माहिर सुविसु ग्राहकलाई राम्रो सेवा दिन भने चुकेको चरिकोटका एक होटल व्यवसायीले बताए। नेट बिग्रियो भनेर सम्पर्क गर्दा सुविसुको कर्मचारीहरुबाट राम्रो सम्बोधन नभएको गुनासो उनले गरे। “अहिले टेलिकमको एडिएसएल सेवा जडान गरेको छु, त्यो पनि राम्रो छैन्।” उनले भने।
नेपाल टेलिकम दोलखाले दोलखाले बितरण गरेको एडिएसएल सेवा पनि गुणस्तरीय छैन। नेट चल्ने तर सुस्त गतिका कारण जिल्लाको व्यवसाय तथा कार्यलयको काममा समस्या हुँदै आएको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *