पब्लिक संवाददाता
बिहिबार, पुस १७, २०७६
0

दीपशंकर चौलागाई
दोलखा १७ पुस । नेपाल किसान संघ दोलखाले ४४ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस भव्यरुपमा मनाएको छ । सोही अवसर पारी किसान संघले नेपाल किसान संघ प्रादेशिक क्षेत्रीय कार्यसमिति घोषणा ग¥यो ।
४४ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको समारोहलाई नेपाली कांगे्रस दोलखा का पार्टी सभापति रुद्र बहादुर खड्का ,पुर्ब पार्टी सभापति ताराबहादुर कोइराला , नेपाली काङ्ग्रेस दोलखा का नेता बर्मा लामा, ईश्वरनारायण मानन्धर , नेपाली कांगे्रस दोलखा का पार्टी सचिव सन्तोष रिमाल , सुर्य बहादुर आचार्य , प्रदेश ख का सभापति जयराज श्रेष्ठ लगायतले सम्बोधन गरेका थिए ।
कार्यक्रम दोलखा किसान संघ का अध्यक्ष सुरेन्द्र प्रधान को सभापतित्वमा सम्पन्न भएको थियो ।
Leave a Reply