दुर्गम गाउँ खारेमा निशुल्क स्वास्थ शिविर

 पब्लिक संवाददाता      बिहिबार, पुस १६, २०७७      0

दीपशंकर चौलागाई ,दोलखा १५ पुस । दोलखाको गौरीशंकर गाउँपालिकामा निशुल्क स्वास्थ सेवा प्रदान गरिएको छ ।जनताको घर आगनमा गएर सेवा दिने उद्देश्यले गाउँपालिकाको वडा नम्बर ८ स्थित खारे स्वास्थ्य चौकीमा निशुल्क स्वास्थ्य सेवा प्रदान गरिएको हो।
नेकपा गौरीशंकर गाउँपालिका र वडा नम्बर ८ को संयुक्त आयोजनामा गरिएका स्वास्थ्य शिविरमा १०३ जनाको उपचार गरिएको छ ।
भौगोलिक हिसाबले पिछडिएको र बिकासका पुर्बधारहरुको कमी रहेको खारेमा आधारभुत स्वास्थ्य सेवाको अभाव हुन नदिन स्वास्थ शिविर राखिएको हो। शिविरमा वडा नम्बर ८ खारेका नगरिक मात्र नभई गौरिशंकर गाउँपालिकाभरका नागरिकको सहभागीता रहेको थियो । स्वास्थ्य शिविरमा दाँत, हाडजोर्नी र पाठेघर सम्बन्धि सेवाहरु प्रदान गरिएको चरिकोट अस्पतालका प्रमुख डाक्टर बिनोद दंगालले जानकारी दिए ।
शिविरमा अपांगता भएका व्यक्तिहरुलाई कम्बल, ट्वाइलेट चियर लगाएतको सामाग्री समेत वितरण गरिएको छ। दुर्गम ठाउँका जनतालाई स्वास्थ चौकीसम्म पुग्न धौधौ हुने र पुगे पनि औषधि पाउन कठिनाई हुने समस्यालाई मध्येनजर गर्दै शिविर राखिएको नेकपा गौरीशंकर गाउँपालिका का अध्यक्ष जंग गुरुङले बताए ।
धेरै सन्तान जन्माएकैले तल्लो पेट दुख्ने, पाठेघर खस्लाजस्तो हुने समस्या भोग्नुपरेको स्वाथ्यकर्मीको भनाइ छ । चेतना नभएर भन्दा पनि त्यसलाई लागू नगर्ने प्रवृत्तिका कारण अझै पनि छोराको आसमा धेरै सन्तान जन्माउनेहरू धेरै रहेको स्वास्थ्यकर्मीहरुले बताएकाछन । धेरै सन्तान जन्माएकै कारण महिलाहरूको प्रजनन स्वास्थ्यमा असर पर्ने गरेको छ । यसले गर्दा आमा र बच्चा दुवैको स्वास्थ्य जोखिममा पर्छ ।बच्चा धेरै भएका महिलाहरू पाठेघर खस्नेलगायत समस्या लिएर स्वास्थ्यसंस्था आउने गरेको स्वास्थ्यकर्मीहरुले जानकारी दिएकाछन ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *