
दीपशंकर चौलागाई ,दोलखा १४ पुस । शैक्षिक हवका रुपमा जिल्ला मै स्थापित दोलखाको मेलुङगाउँपालिमा ७ मा रहेको त्रिभुवन माध्यमिक बिद्यालयले शैक्षिक क्षेत्रमा उत्कृष्टता कायम गरेको छ ।
लोकसेवा ,शिक्षा सेवा आयोगका परिक्षाहरुमा यहाँबाट उत्पादीत बिद्यार्थीहरु धेरै नै सफल भएका छन । बिद्यालयले मुलुकको आवश्यकता हेरी नेपाली शैक्षिक बजारमा बिक्ने जनशक्ति उत्पादनको लागी प्राबिधिक क्षेत्रमा सिभिल इञ्जिनियरिङका कक्षा गत बर्ष देखी संचालन गर्दै आएकोछ ।
समाजिक क्षेत्रमा निरन्तर सेवा गर्दै आएको मनका धनि व्यक्तित्वका बाहुली बाट त्रिभुवन माध्यमिक बिद्यालयले जिल्लामा मै पहिलो पटक ल्याब भवन तथा बिषयगत कक्षा उदघाटन समेत गरेको छ । समाजसेवि ईन्जिनियर महेन्द्र काकीले बिषयगत कक्षा उदघाटन गर्दै भने शिक्षा चेतनाको संवाहक, विकासको मेरुदण्ड र सभ्यताको मुहान हो, जसबाट उत्पादन भएको जनशक्ति देश विकासको लागि गतिशिल र सक्रिय मानवीय साधन रुपमा स्थापित हुन्छ । साधन स्रोतलाई यथोचित सञ्चालन र व्यवस्थापन क्षमता जागृत भई हरेक क्षेत्रको विकासको पथ प्रदर्शक एवं आधारशिलाको रुपमा शिक्षालाई लिन सकिन्छ कार्कीले भने ।
समाजसेवि रामहरी श्रेष्ठले देशको शैक्षिक उद्देश्य, नीति र कार्यक्रम समय सापेक्ष, व्यवहारिक र वैज्ञानिक बनेको बन्नु पर्दछ, विकासको गति यसैमा निर्भर हुने हुदा । जिल्लाका अन्य पालिका भन्दा तुलनात्मक रुपमा त्रिभुवन माविकै शिक्षाको विकासको अवस्था राम्रो रहेको झल्काउँछ, बिषयगत कक्षा उदघाटन गर्दै श्रेष्ठले भने ।
बिद्यालयका प्रधानाध्यापक सन्तोष श्रेष्ठको बिशेष पहलमा ३० रोपनी जग्गामा बिद्यालयको भूकम्प प्रतिरोधात्म, बाल मैत्री सुबिधा सम्पन्न, २ वटा भवन कष्मभ मा २तल्ले chemestry, physics, social, mathematics लगायत बिषयगत ल्याब भवन अगाड़ी एक हजार बिद्यर्थी अटन सकने खुला प्रांगण, पर्याप्त पानी सहित शौचालय निमार्ण गरिएकोछ । भौतिक पूरबधार, अनुभबी,दक्ष आफ्नो पेशा प्रति सर्मपित शिक्षक, बिद्यालय र आफ्ना बाल बालिका प्रति चासो राख्ने सचेत अभिभावक, अनुशासित र जिज्ञासु बिद्यार्थी अनुपम संयोग देख्दा श्री त्रिभुवन मा.बी दोलखा जिल्लाको नै नमूना बिद्यालयको रुपमा रहेको सहज जै अनुमान गर्न सकिन्छ । पछिल्लो अबस्थमा बिद्यालयको स्तान्तरण लागी समाजसेवि रामहरी श्रेष्ठले ३० रोपनी जग्गा निस्वार्था रुपमा उपलब्ध गराउनु भएकोछ ।
बिद्यालको स्थापना कालदेखी हालसम्म निरन्तर रुपमा भौतिक, आर्थिक, नैतिक साथै स्वयम् सेवक शिक्षक, रुपमा समेत कार्य गर्नु भएका बरिष्ठ इंजिनियर महेन्द्र बहादुर कार्कीको शैक्षिक निर्देशन लाई आत्मसाथ गर्दै युगौं देखी बिद्यालय अघि बढी रहेकोछ । करिब ७० बष अघि युग द्रष्टा श्रदय स्वार्गीय ललित बहादुर कार्कीले यस बिद्यालय स्थापना गरेकाथिए । कुशल,क्षमतावान,शैक्षिक योजनाकार र शैक्षिक तागत भएका मिलनसार व्यक्तित्व बर्तमान प्रधानाध्यापक सन्तोष श्रेष्ठको कारण सम्रग मेलुङ गाउँपालिका शैक्षिक हवाका रुपमा जिल्ला मै स्थापित बनेको हो ।
Leave a Reply