दोलखा कांग्रेसकाे सरकार विरुद्ध मशाल जुलुस( सम्पूर्ण तस्विर सहित )

 पब्लिक संवाददाता      सोमवार, पुस १३, २०७७      0

दीपशंकर चौलागाई,दोलखा १३ पुस । नेपाली कांग्रेस पार्टीको केन्द्रीय परिपत्र अनुसार सरकारले गरेको असंवैधानिक कदमविरुद्ध नेपाली कांग्रेस दोलखाले सरकार विरुद्ध मशाल जुलुस प्रदर्शन गरेको छ ।
नेपाली कांगे्रस दोलखाको पार्टी कार्यालयबाट ,नयाँ बसपार्कबाट ,पेटो«ल पम्प बाट ,चरिघ्याङबाट र तरकारी बजारबाट एकै साथ निकालिएको मशाल जुलस सात दोबोटेमा आई पुग्दा प्रहरी संग झडप भएको छ थियो ।
मशाल जुलुस पछिको कोण सभालाई सम्बोधन गदै नेपाली कांगे्रसका नेता तारा बहादुर कोईरालाल ओली नेतृत्वको सरकारले असंवैधानिक र अप्रजातान्त्रिक कदम चालेकाले आफू सडकमा उत्रिएको बताए ।उनले भने ओलीको अलोकतन्त्रको निर्णयको खिलाप नेपाली कांगे्रसले एक्लै प्रदर्शन गर्ने निर्णय गरेका छ ।
कार्यक्रममा वोल्दै नेपाली कांगे्रस दोलखाकी नेतृ गिता शिवाकोटीले केपी ओली सरकार र राष्ट्पतिको मिलोमतोमा लोकतन्त्रमाथी खेलवाड गरि लोकतन्त्र मास्न र एकाधिकारको लागि संसद विघटन गरेको प्रति आपक्ती जनाईन ।
कम्युनिष्ट अधिनायबादको अन्त्य हुने समय आएको बताउदै नेपाली कांगे्रस दोलखाका सभापति रुद्र बहादुर खड््काले भने अपराधिहरु आर्फै सकिन्छन पर्खिनु मात्र पर्छ ।
नेपाली कांगे्रस दोलखाका सभापति रुद्र बहादुर खड््काको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी सचिव बालकृष्ण आचार्य लगायतले सम्बोधन गरेका थिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *