दीपशंकर चौलागाई ,दोलखा १२ पुस । आन्तरिक पर्यटक बढाउने उदेश्यले दोलखाको भीमेश्वर नगरपालिकाले माहाङकली भगवती मन्दिरको ब्यबस्थापन गरेको छ । मन्दिरलाई ब्यबस्थित गर्न २१ लाख लगानी गरि सतल र कम्पाउण्ड वाल निमार्ण गरेको छ ।
मन्दिरको जग्गा कमि भएकोले भीमेश्वर नगरपालिकाले स्थानिय संग समन्वय गरि दुई रोपनी ११ आना जग्गा किनेर मन्दिरको नाममा पास गरेको छ । आन्तरिक पर्यटय प्रबन्र्धन गर्नको लागी भीमेश्वर नगरपालिकाले किनेको जग्गालाई थप ब्यबस्थित गर्न नगरपालकाले मन्दिरको डिपीआर तयार गरि रहेको छ । प्रदेश सरकार र स्थानिय सरकारको पहलमा पुरातात्वविक बिभाग लाई अनुरोध गर्दै मन्दिरको मौलिकता झल्कने गरि पून निमार्ण गर्न समेत पहल गर्ने भीमेश्वर नगरपालिका की उप प्रमुख कमला बस्नेतले बताईन।
महाङ्काली भगवती मन्दिरको १२÷ १३ सय बर्ष पुरानो मन्दिर रहेको छ । यसको यथेष्ट प्रमाणहरु धेरै रहेकाछन । यसमा रहेका रहेका घण्टाहरु बाटै सावित हुने छ । यो प्राचिनकालिन मन्दिरमा आएर दर्शन गरेको खण्डमा इच्छा सिद्ध हुन्छ भन्ने भनाइ रहेको छ । मांकाली भगवतीको र भिमेश्वरको दर्शन पछि मात्र प्रसिद्ध कालिञ्चोकी भगवतीको दर्शन गरेको खण्डमा पबित्र मनको चाहेको पुराहुने जनबिश्वास रही आएको समाजसेवि कृष्णबहादुर बस्नेतले बताए ।
किम्बदन्ति अनुसार तीन देवीमध्ये काञ्चिोक भगवती जेठी, त्रिपुरा सुन्दरी माहिली र महाङ्कल भगवती कान्छी बहिनी हुन् । काञ्चिोक भगवतीको दर्शन गर्न जाँदा महाडकाल भगावतीको समेत अनिवार्य दर्शन गर्नुपर्छ नत्र मनोकांक्षा पूर्ण हुदैन भन्ने जनविश्वास समेत रहेको छ । मन्दिरको उत्तर तिर सानी कुण्ड छ । सो कुण्डमा सधैै पानी रहिरहने स्थानिय बताउछन् । उक्त कुण्डको पानी कालिञ्चोकको कुण्डबाट आउन जनबिश्वास रहेको छ ।
महिला मन्दिरमा प्रवेश गरेको पाईदैनन । महिलाले देविलाई प्रत्यक्ष दर्शन गर्दा बिपत्ति आई लाग्ने भनाई छ । तर मन्दिर परिसरमा पुगेर बाहिरै बाट देविको दर्शन गर्न भने अत्याधिक संख्यामा महिलाहरु समेत पुग्ने गरेकाछन । ऐतिहासिक पुरातात्वविक धार्मिक एवं सास्कृतिक हिसाबले प्रसिद्ध यो मन्दिरमा हप्ताको मंगलबार र शनिबार बिशेष पुजा आराधाना हुने गरेकोछ । पवित्र मन्दिरको धेरै पूर्वाधारहरु निमार्ण गरि संरक्षण र सम्र्बधन गर्न स्थानियबासी सबै मिलेर अगाडी बढ्न् पर्दछ बस्नेतले भने ।
यो मन्दिरमा बलि पुजा समेत हुने गरेकोछ । पाठी महाङकाल भगवती र परेवा रक्तकालि लाई बलिको रुपमा चढाईने परम्परा रहेकोछ । मन्दिरको पूर्व तर्फ भतेर चौउर, दक्षिण तर्फ चरङगे,उतर तर्फ भात पकाउने गहिरो र पश्चिम तर्फ कैंदाले खोलाको सिमाभित्र रहेको जग्गामा मात्र बलि पुजा गरेको प्रसाद ग्रहण गर्नु पर्दछ । यो प्रसाद बाहिर लान नमिल्ने प्रचलन रहेको स्थानिय नेत्रबहादुर कार्की ले भने ।
मन्दिरमा बडा दशैको अवसरमा नौ दिन नै विशेष पुजाआरधाना हुने गर्दछ सो बाहेक विभिन्न पर्वमा मन्दिरमा मेला लाग्ने गर्दछ । धन्यपुर्णिमा, बाला चतुर्दशी, शिवरात्री, आदिमा भक्तजनहरुको भीड लाग्ने गर्दछ । महाकाल भगवती मन्दिर परिसरमा शिव मन्दिर, गणेश ,कुमार राधाकृष्ण,सिताराम ,शनि संकट ,काल भैरब,बासुकी नाग,शिव लिंगको मन्दिर आदी मठ मन्दिरहरु समेत रहेकाछन । सामुद्रिक सतहबाट १६ सय मिटरको उचाईमा महाङ्काल भगवतीको मन्दिर रहेकोछ । दोलखाको सरदरमुकाम चरिकोटबाट ७ किलो मिटरको दुरीमा रहेको छ ।
Leave a Reply