माधव दहाल समुहको आन्दोलनमा पूर्व माओवादी मात्र सहभागी , कुकरको गलामा प्रधानमन्त्रीको तस्वीर झुण्डयाएर बजार परिक्रमा

 पब्लिक संवाददाता      शनिबार, पुस ११, २०७७      0

दीपशंकर चौलागाई
दोलखा, ११ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको असंवैधानिक कदम बिरुद्ध आन्दोलनरत माधव दहाल समुहका कार्यकर्ताले सदरमुकाम चरिकोटमा कुकुर सहित प्रदर्शन गरेका छन् ।
नेकपाका कार्यकर्ताहरुले कुकरको गलामा प्रधानमन्त्रीको तस्वीर झुण्डयाएर बजार परिक्रमा गराउँदै विरोध गरेका छन ।
प्रदर्शनकारीले प्रधानमन्त्री विरुद्ध नाराबाजी गरेका थिए । कुकुरको गलामा लगाएको प्रधानमन्त्रीको तस्वीर लगाएपछि प्रहरीले लाई च्यातेको थियो । सरकारका बिरुद्ध दोलखा सदरमुकाम चरिकोटमा चारपटक पोष्टर जलाउने ,बिरोध प्रदर्शन, पुत्लाहन, मशाल जुलुस र कुकुर प्रदर्शन भयो यसमा पूर्व एकालेका कसनै पनि कार्यकर्ताको सहभागीता नदेखिएको एक नेताले बताए । उनले भने प्रचण्डको नाम जोडिएकोले पूर्व एमालेका कुनै पनि कार्यकर्ता नजाने उनले दाबि गरे ।
प्रदर्शनमा पूर्व नेकपा माओवादीका युवा नेता तथा कार्यकर्ताहरुको सहभागीता थियो । नेकपा जिल्ला सचिवालय सदस्य एवं गुवा नेता राम पाण्डे उदिपको नेतृत्वमा आन्दोलन भएको छ । प्रधानमन्त्रीले जनमतको अपमान गरेर संविधान विरुद्धको काम गरेकाले यसका विरोधमा युवाहरु आन्दोलित भएको सहभागीहरुले बताएछन ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *