दाहाल र नेपाल समूहकाे दोलखामा प्रर्दशन पहिलो गाँसमै ढुङ्गा

 पब्लिक संवाददाता      शुक्रबार, पुस १०, २०७७      0
  • दोलखा १० पुस । प्रतिनिधिसभा विघटनविरूद्ध नेकपाको दाहाल र नेपाल समूहले दोलखाको सदरमुकाम चरिकोटमा प्रदर्शन गरेका छन्। अधिकांश पूर्व माआोवादीहरु रहेको जुलुसले चरिकोटमा प्रदर्शन गरेको हो ।
    जनप्रर्दशन गर्ने चारैतिर हल्ला गरे पनि प्रर्दशनमा सहभागी भन्ने अत्यन्तै न्यून थियो । ओली समुहमा ८० प्रतिशत नेकपाका स्थानिय नेता तथा कार्यकर्ता रहेको राजनैतिकवृतमा चर्चा हुन गरेको थियो, आजको प्रदर्शनले सावित गरेकोछ अनेरास्वावियूका केन्द्रिय सदस्य शक्ति पाठकले बताए । प्रर्दशनकारीको तेब्बर संख्यामा प्रहरीको उपस्थिती देखिन्थ्यो ।अनेरास्वावियू दोलखाका नेता राजकुमार ढुङगेले भने नेकपा भित्रको स्वाभिमानको पक्षमा छन ।
    नागरिकको सामु दाहाल र नेपाल समूह दोलखामा आज प्रर्दशन पहिलो गाँसमै ढु«ङा लागे जस्तो भएकोछ । प्रदर्शनकारी ‘प्रतिनिधि सभा विघटन खारेज गर’, ‘संवैधानिक कू मान्दैनौं’जस्ता नारा पनि लगाइएको छन ।
    यसअघि नै प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गर्दै साधारण सदस्यबाट हटाएको दाहाल र नेपाल समूहले ओली सरकारविरूद्ध आन्दोलनका कार्यक्रमसमेत सार्वजनिक गरेको छ । उसले पुस १४ पनि प्रदर्शनको घोषणा गरिसकेको छ ।
    आफूहरु आधिकारिक भएको दाबीसहित प्रचण्ड(माधव समूहले बहुमत केन्द्रीय सदस्यहरुको हस्ताक्षर यसअघि नै निर्वाचन आयोगमा बुझाइसकेको छ । साथै संसद विघटनविरुद्ध परेका रिटहरुको आज संवैधानिक इजलासमा सुनुवाइसमेत हुँदैछ l                  प्रधानमन्त्रीको असंवैधानिक कदम बिरुद्ध दोलखामा  बिरोध प्रदर्शन तथा पुत्ला दहन ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *