दीपशंकर चौलागाई ,दोलखा ८ पुस । दोलखाका नौ स्थानीय तह मध्ये तत्कालीन नेकपा एमालेले सात स्थानीय तहमा चुनाव जितेको थियो । तत्कालीन एकीकृत नेकपा माओवादी केन्द्रले दूई गाउँपालिकामा नेपाली कांगे्रस संग चुनावी समिकरण गरि उपाध्यक्षमा मात्र चुनाव जितेको थियो ।
प्रतिनिधिसभा विघटनपछि नेकपामा प्रष्ट रुपमा दुई धार देखिएकोछ । दोलखामा पनि सामान्य असर देखिन थालेकोछ । दोलखाका सातै पालिका प्रमुख र छ वटा उपप्रमुख ओली समुहका रहेकाछन । प्रचण्ड–माधव समुहमा भने पूव एकीकृत नेकपा माओवादी केन्द्रबाट उपाध्यक्षमा बिजय दुई जना र एमाले बाट मेलुङ गाउँपालिका उपाध्यक्ष निर्वाचित मात्र रहेको बिशेष स्रोतले जनाएकोछ । स्राेेेत अनुसार सबै निर्वाचित वडा अध्यक्ष हरू ओली समुहमा रहेेेेकाेे खुल्न आएको छ।
भीमेश्वर नगरपालिका प्रमुख भरत केसी,उपप्रमुख कमला बस्नेत,जिरि नगरपालिका प्रमुख टंक जिरेल,उपप्रमुख कृष्णमाया बुढाथोकी, तामाकोशी गाउँपालिका प्रमुख ईश्वरचन्द्र पोखरेल,उपाध्यक्ष उर्मिला केसी मेलुङ गाउँपालिका प्रमुख नरबहादुर श्रेष्ठ,कालिञ्चोक गाउँपालिका प्रमुख बिनकुमार थामी ,उपाध्यक्ष कालिका पाठक,शैलुङ गाउँपालिका प्रमुख भरत दुुुुुलाल,,उपाध्यक्ष लालमाया योञ्जन, गौरिशंकर गाउँपालिका प्रमुख स्वयमबहादुर खड्का,उपाध्यक्ष उर्मिला केसी , ओली समुहमा रहेकाछन ।
नेपाल सरकारका सुचना तथा संचार मन्त्रि पार्वत गुरुङको जिल्ला दोलखा भएकोले नेकपाका दुइ तिहाई नेता ओलीका पक्षमा रहेकाछन । पूर्व नेकपा एमालेका जिल्ला नेता डबल पाण्डे, बसन्त राज कार्की ,मित्र जिरेल, सरस्वती बस्नेत, माधव प्रसाद घिमिरे ,कृष्ण भुजेल,ठुला थामी,होम पाठक, कृष्ण बस्नेत ,चिरञ्जिवि मास्के,कालिका पाठक हरिबंश चाैैैैैलागाई, धनबहादुर तमाङ ,गुण बहादुर बुढाथोकी, भुवन थापा,भुवन केसी, धर्मेेेन्द माेक्तान ईश्वर न्यौपाने,बिदुर शर्मा, प्रविण खड्का,कुमार गुरुङ, नबिन लामा, गायत्री आचार्य, थिरबहादुर तमाङ होमबहादुर तमाङ, ध्रुुब आचार्य, जंग गुरुङ, नेत्र माेक्तान नबराज खड्का, श्याम तमाङ,धिरज सुवेदी,शक्ति पाठक लगायत सयौंको संख्यामा रहेका नेताहरु ओली समुहमा रहेकाछन ।
बैत्यश्वर गाउँपालिका उपाध्यक्ष रविचन्द्र आचार्य , बिगु गाउँपालिमका उपाध्यक्ष संजिप ओली , मेलुङ गाउँपालिका उपाध्यक्षकल्पना भण्डारी प्रचण्ड–माधव समुहमा रहेकाछन। पूर्व एमालेका दोलखाका नेताहरु एवम प्रदेश नं ख २का सभासद पशुपति चौलागाई, प्रदेश नं क १का सभासद बिशाल खड्का, गंगा कार्की, देवि खड्का,शिवप्रसाद भण्डारी गोपाल पाण्डे प्राेेेेेण प्रताप केसी , भिम दहाल, प्रशुराम रिमाल(कपिल),बाबुकाजी कार्की धनश्याम रिजाल,,कुलबहादुर बुढाथोकी,कमल श्रेष्ठ,केशव चाैलागाई, रिता रिमाल, रिमाल बाबू श्रेष्ठ ,नवीन जिरेल, राम पाण्डे नबराज अर्याल ,मिनकुमार शिवाकोटी लगायतका जिल्ला स्तरिय नेता प्रचण्ड माधव समुहमा रहेकाछन ।
सात स्थानीय सरकारका प्रमुखहरु भने ओली समुहकै नेकपामा भएकाले पार्टी विभाजनको खासै असर दोलखामा नपर्ने स्थानीय सरकारका प्रमुखहरुले ठोकुवा गरेका छन् ।
Leave a Reply