मन्त्रि गुरुङले गृह जिल्लामा गरे रंगशालाको शिलान्यास

 पब्लिक संवाददाता      शनिबार, पुस ४, २०७७      0

दीपशंकर चौलागाई ,दोलखा ४ पुस । नेपाल सरकारका सुचना तथा संचार मन्त्रि पार्वत गुरुङले गृह जिल्ला दोलखाको सदरमुकाम चरिकोटमा भिमेश्वर रंगशालाको शिलान्यास गरेकाछन । सम्बृध दोलखा निमार्ण गर्न जिल्लाकै ऐतिहासिकरुपमा हेरिएको टुडिखेलमा रंगशाला सरकारले बनाउन लागेको मन्त्रि गुरुङले बताएकाछन ।
भीमेश्वर नगरको बृहत योजना २०७७ को बिमोचन गर्दै नेपालल सरकारका प्रबक्ता मन्त्रि गुरुङले दोलखाको लामाबगर बान चिनको स्वाशासित क्षेत्र तिब्बतको फलाक सम्म जोड्ने राजमार्ग बनाउन नेपाल सरकारले प्रथामिकता दिएको बताए । उत्तर दक्षिण करिडोरमा दोलखालाई समावेश सफल भएको मन्त्रिले बताए । यही आर्थिक बर्षमा लामाबगर लप्चीको सुरुङ मार्गको काम प्रारम्भ हुने मन्त्रिले प्रतिबद्धता जाहेर गरे । नेपालको लप्ची र चिनको फलाक दुई देश बिचको सिमना हो ।
भीमेश्वर नगरपालिकाको आफ्नै स्रोतबाट निर्माणाधीन टुँडिखेल आयोजनालाई नगरपालिकाले आफ्नो गौरवकै योजनाको रूपमा अघि बढाएको छ । ११० मिटर लम्बाइ र ६५ मिटर चौडाइको टुँडिखेल विस्तारको काम भइरहेको भीमेश्वर नगरपालिका प्रमुख भरत केसीले बताए । टुँडिखेल निर्माणपछि राष्ट्रियस्तरका फुटबल खेलहरू नियमित गराउन सकिने भीमेश्वर नगरले जनाएकोछ ।
नगरपालिकाले गत आर्थिक वर्षको अन्तमा टुँडिखेल विस्तारका लागि ठेक्का आह्वान गरेको थियो । किराँतेश्वर–सिमपानी जेभीले २४ महिनामा पूरा गर्ने गरी २०७७ साउन २५ बाट सम्झौता गरी काम सुरु गरेको नगरपालिका प्रमुख कार्यकारी अधिकृत मान बहादुर खड्काले जानकारी दिए । दक्षिणतिरको ११० मिटर लम्बाइको जग खनेर भवन निर्माणको काम सभई रहेकोछ ।
पहिलो चरणमा दक्षिण र पूर्वतिरको २ तले भवनसहितको अत्याधुनिक आरसीसी प्याराफिट निर्माण हुने इन्जिनियर सुरेश राउतले बताए । टुँडिखेल विस्तार तथा निर्माणका लागि २० करोड लागत अनुमान गरेको छ ।
पहिलो चरणमा १२ करोडमा काम सुरु भएको र २०७९ असारमा काम पूरा हुनेछ । दोस्रो चरणको कामका लागि आर्थिक स्रोत जुटेपछि ठेक्का आह्वान हुने र उत्तरतिरको प्यारापिट, खेलमैलान र टिकट काउण्टर, अतिथि आसनलगायतका संरचना हुने राउतले बताए ।
टुँडिखेलको निर्माण पूरा भएपछि राष्ट्रियस्तरको खेलहरु नियमित गर्न सकिने र यसले चरिकोटमा खेल पर्यटकहरू आउँदा आर्थिक विकासमा सहयोग पुग्ने नगरपालिकाले अनुमान गरेको छ । टुँडिखेलको दक्षिणी लम्बाइमा २५÷२५ मिटरको २ वटा र ३०÷३० मिटरको २ वटा ब्लक निर्माण हुन्छन् । बाहिरतिर ४० वटा व्यापारिक सटर निकालेर २ तलाको भवन र त्यसमाथि प्यारापिट निर्माण हुन्छ । पूर्वतिर गौरीशंकरसहितका रोल्वालिङ हिमश्रृंखला हुने भएकाले हिमाल नछेकिने गरी भवनभन्दा माथि ४ तहको सिट भएको प्यारापिट हुन्छ ।
पूर्वतिरभने भूमिगत पार्किङ, टिकट काउण्टर, क्यान्टिन, शौचालय, बाथरुम खेलकुदको कार्यालय राख्ने कोठा निर्माण हुने निर्माण व्यवसायी किराँतेश्वर सिमपानी जेभीका प्रतिनिधि तीर्थ केसीले बताए । टुँडीखेल विस्तार हुँदा जिल्ला प्रहरी कार्यालय र टेलिकमतिरको सडक २ मिटरसम्म सतह मिलानका लागि गहिरो हुनेछ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *