मृतकको घरमै पु¥याई दिन्छन वडा सचिवले ५हजार किरिया खर्च

 पब्लिक संवाददाता      शुक्रबार, पुस ३, २०७७      0

दीपशंकर चौलागाई,दोलखा ३ पुस । दोलखाको मेलुङ गाउँपालिकाले मृतकको परिबारलाई तत्काल ५ हजार दिने गरेकोछ । वडा सचिव मार्फत आप्mनो क्षेत्र भित्र मृत्यू भएका परिवारलाई तत्काल सहयोग पुगोस भन्ने उदेश्यले घरमै पुराई दिने गरेकोछ ।
समाजलाई समाजिक रुपान्तरण गर्न कुराको महशुस गर्दै मेलुङ गाउँपालिकाको छैठौं गाउँ सभा अधिवेशनबाट रु ५ हजार दिदै आएको अध्यक्ष नरबहादुर श्रेष्ठले बताए ।
आर्थिक बर्ष २०७७ ÷७८ बजेट निति तथा कार्यक्रममा किरिया खर्चको लागी ५ लाख र सुत्केरी पोषण खर्चको लागी ५ लाख बिनियोजन गरेकामा यसले नपुग्ने देखिएकोले आउँदो हिउँदे अधिबेशनमा ५ ÷५ थप गर्ने मेलुङ गाउँपालिकाकोले जनाएकोछ । जनताले प्रत्यक्ष सरोकार गर्ने यसता कामहरुलाई निरन्तरता दिने योजना मेलुङ गाउँपालिकाले आगामी दिनमा पनि ल्याउने अध्यक्ष श्रेष्ठ जानकारी दिए ।
सम्वृध पालिका निमार्ण गर्ने अभियानमा पालिकाका कर्मचारीहरु आहोरात्र खटिरहेकाछन। वडा कार्यालयमा मृत्यू भएको खबर आएका ४ जना मृतकको परिबारलाई यो आर्थिक बर्षमा किरिया खर्चको लागी ५ का दरले प्रदान गरेको मेलुङगाउ पालिका ७ को वडा कार्यालयमा कार्यरत पञ्जिकाधिकारी जमुना देवि सुवेदीले बताईन। एक दुई जनाको थप मृत्यू भएको अपुष्ट खबर सुनेको छु आधिकारी भएपछि घरैमा किरिया खर्चका पुराउने छु सुवेदीले भनिन्।
मेलुङ गाउँपालिकाले समाजलाई समाजिक रुपान्तरण गर्न किरिया खर्चको बापत ५ हजार र सुत्केरी पोषण खर्च बापत ५ हजार तत्काल वडा सचिव मार्पmत घर घरमा पुराउने गरेकोछ यसले सरकारी कर्मचारी र जनता बिच प्रगाढ सम्बन्ध स्थापित गर्न कोशेढुङा सावित भएको स्थानियवासी राजेश बस्नेतले बताए ।

स्वास्थ्य संस्थामा बच्चा जन्माउने आमालाई ८८ सय पाउने
नियमिति रुपमा चेक जाँच गरि स्वास्थ्य संस्थामा बच्चा जन्माउने आमालाई तत्कालै दोलखाको मेलुङ गाउँपालिकाले ८ हजार ८ सय दिने गरेकोछ ।
आर्थिक बर्ष ०७७÷०७८ को सुरु देखी नै गाउँपालिकाले संघिय सरकारले प्रदान गर्ने ३ हजार ८ सयमा ५ हजार थप गरि दिने ८ हजार ८ सय दिने गरेको हो ।
सुत्केरी स्याहार खर्च र सुत्केरी पोषण खर्चका नाममा पालिकाका सबै वडाहरुमा बितरण गदै आएको छ । हाल सम्ममा एक सय जनालाई बितरण गरेको मेलुङ गाउँपालिका का अध्यक्ष नरबहादुर श्रेष्ठले बताए । सुरक्षितरुपमा बच्चा जन्माई बालमृत्यू दर र मातृ मृत्यूदर कमी गर्ने उदेश्यले जिल्लालै यो नमुना कार्य मेलुङ गाउँपालिकाले गर्दै आएकोछ ।
मेलुङ गाउँ पालिका वडा नं १ का घरमा सुत्केरी हुने आमाको संख्या शुन्य मा आएको छ । सबै गर्भवती आमाहरु नियमित स्वास्थ्य चेक जाँच गराई स्वास्थ्य संस्थामा बच्चा जानउन पुगेकाछन । गाउँपालिकाले थप दिने ५ हजार र जन्म दर्ताको प्रमाण पत्र संगै दिने गरेका छौ,मेलुङ गाउँपालिका का वडा नं १ अध्यक्ष ईश्वर कोईरालाले भने।
यो कार्याक्रम बाट मेलुङ गाउँपालिकाका सबै नागरिकहरु धेरै नै लाभान्वित भएकाछन । बिगतका दिन सुत्केरी हुन नसकेर आमा र बच्चाको मृत्यू भएका घटनाहरु धेरै छन । कुपोषणका कारण आमा र बच्चाको ज्यान जोखीम भई रहेको समाजिक समस्यालाई मध्ये नजर गदै गाउँपरिषद ले नै निणर्य गरि गभर्वती आमालाई ५ हजार दिनको लागी ५ लाख छुटाएको र यसले नपुग्ने अबस्था हेरी थप गर्ने तयार समेत गरेको पालिका का प्रबक्ता हिराकुमार थोकरले जानकारी दिए ।
भर्गवती महिलाले कम्तीमा चार पटक जाँच गराई नियामित खोप लागाउनु गरेकाछन । स्वास्थ्य संस्थामा आइ,स्वास्थका सबै मापदण्ड पुरा गर्ने भर्गवती महिला मात्र थप ५ हजार दिने गरेको मेलुङ गाँउका ७ की स्थानिय पञ्जिकाधिकारी जमुना देवि सुवेदी बताईन । पालिका मा यो कार्यक्रम अत्यन्तै लोकप्रिय बन्दै गएको छ । पालिकाको कार्यक्रम अत्यन्तै लाभादायिक रहेको स्थानियवासीहरुले बताएकाछन ।
धेरै सन्तान जन्माएकै कारण महिलाहरूको स्वास्थ्यमा नराम्रो असर पर्ने गरेको छ । उनीहरू आफैं पनि यसबारे जानकार छन् । धेरै सन्तान जन्माएकैले तल्लो पेट दुख्ने, पाठेघर खस्लाजस्तो हुने समस्या भोग्नुपरेको स्वाथ्यकर्मीको भनाइ छ । चेतना नभएर भन्दा पनि त्यसलाई लागू नगर्ने प्रवृत्तिका कारण अझै पनि छोराको आसमा धेरै सन्तान जन्माउनेहरू रहेको इलाका स्वास्थ्य चौकी पवटीका ईन्चार्ज कपिलमणि न्यौपानेले बताएकाछन । धेरै सन्तान जन्माएकै कारण महिलाहरूको प्रजनन स्वास्थ्यमा असर पर्ने गरेको छ । यसले गर्दा आमा र बच्चा दुवैको स्वास्थ्य जोखिममा पर्छ ।बच्चा धेरै भएका महिलाहरू पाठेघर खस्नेलगायत समस्या लिएर स्वास्थ्यसंस्था आउने गरेको न्यौपाने जानकारी दिएकाछन ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *