स्वास्थ्य संस्थामा बच्चा जन्माउने आमाले ८८ सय पाउने

 पब्लिक संवाददाता      बिहिबार, पुस २, २०७७      0

दीपशंकर चौलागाई ,दोलखा २ पुस । नियमिति रुपमा चेक जाँच गरि स्वास्थ्य संस्थामा बच्चा जन्माउने आमालाई तत्कालै दोलखाको मेलुङ गाउँपालिकाले आठ हजार आठ सय दिने गरेकोछ ।
आर्थिक बर्ष ०७७÷०७८ को सुरु देखी नै गाउँपालिकाले संघिय सरकारले प्रदान गर्ने ३ हजार ८ सयमा ५ हजार थप गरि दिने ८ हजार ८ सय दिने गरेको हो ।
सुत्केरी स्याहार खर्च र सुत्केरी पोषण खर्चका नाममा पालिकाका सबै वडाहरुमा बितरण गदै आएको छ । हाल सम्ममा एक सय जनालाई बितरण गरेको मेलुङ गाउँपालिका का अध्यक्ष नरबहादुर श्रेष्ठको बताए । सुरक्षितरुपमा बच्चा जन्माई बालमृत्यू दर र मातृ मृत्यूदर कमी गर्ने उदेश्यले जिल्लालै यो नमुना कार्य मेलुङ गाउँपालिकाले गर्दै आएकोछ ।
मेलुङ गाउँ पालिका वडा नं १ का घरमा सुत्केरी हुने आमाको संख्या शुन्य मा आएको छ । सबै गर्भवती आमाहरु नियमित स्वास्थ्य चेक जाँच गराई स्वास्थ्य संस्थामा बच्चा जन्माउन पुगेकाछन । गाउँपालिकाले थप दिने ५ हजार र जन्म दर्ताको प्रमाण पत्र संगै दिने गरेका छौ, मेलुङ गाउँपालिका का वडा नं १ अध्यक्ष ईश्वर कोईरालाले जानकारी दिए।
यो कार्याक्रम बाट मेलुङ गाउँपालिकाका सबै नागरिकहरु धेरै नै लाभान्वित भएकाछन । बिगतका दिन सुत्केरी हुन नसकेर आमा र बच्चाको मृत्यू भएका घटनाहरु धेरै छन । कुपोषणका कारण आमा र बच्चाको ज्यान जोखीम भई रहेको समाजिक समस्यालाई मध्ये नजर गदै गाउँपरिषद ले नै निणर्य गरि गभर्वती आमालाई ५ हजार दिनको लागी ५ लाख छुटाएको र यसले नपुग्ने अबस्था हेरी थप गर्ने तयार समेत गरेका छौ पालिका का प्रबक्ता हिराकुमार थोकरले भने ।
भर्गवती महिलाले कम्तीमा चार पटक जाँच गराई नियामित खोप लागाउनु गरेकाछन । स्वास्थ्य संस्थामा आइ,स्वास्थका सबै मापदण्ड पुरा गर्ने भर्गवती महिला मात्र थप ५ हजार दिने गरेको मेलुङ गाँउका ७ की स्थानिय पञ्जिकाधिकारी जमुना देवि सुवेदी बताईन । पालिका मा यो कार्यक्रम अत्यन्तै लोकप्रिय बन्दै गएको स्थानिय पञ्जिकाधिकारी जमुना देवि सुवेदीको जानकारी दिइन । पालिकाको कार्यक्रम अत्यान्तै लाभादायिक रहेको स्थानियवासीहरुले बताउदै आउकाछन ।
धेरै सन्तान जन्माएकै कारण महिलाहरूको स्वास्थ्यमा नराम्रो असर पर्ने गरेको छ । उनीहरू आफैं पनि यसबारे जानकार छन् । धेरै सन्तान जन्माएकैले तल्लो पेट दुख्ने, पाठेघर खस्लाजस्तो हुने समस्या भोग्नुपरेको स्वाथ्यकर्मीको भनाइ छ । चेतना नभएर भन्दा पनि त्यसलाई लागू नगर्ने प्रवृत्तिका कारण अझै पनि छोराको आसमा धेरै सन्तान जन्माउनेहरू रहेको इलाका स्वास्थ्य चौकी पवटीका ईन्चार्ज कपिलमणि न्यौपानेले बताएकाछन । धेरै सन्तान जन्माएकै कारण महिलाहरूको प्रजनन स्वास्थ्यमा असर पर्ने गरेको छ । यसले गर्दा आमा र बच्चा दुवैको स्वास्थ्य जोखिममा पर्छ ।बच्चा धेरै भएका महिलाहरू पाठेघर खस्नेलगायत समस्या लिएर स्वास्थ्यसंस्था आउने गरेको न्यौपाने जानकारी दिएकाछन ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *