दीपशंकर चौलागाई ,दोलखा २६ मंसिर । द्धन्द्धकालिन समयमा बिस्थापित दोलखा घरेलु तथा साना उद्योग कार्यालय हाल सम्म स्थापित हुन सकेको छैन ।
२०४२ सालमा जिल्लाको ऐतिहासिक शहर दोलखामा स्थापना भएको, घरेलु तथा साना उद्योग कार्यालय तत्कालिन युद्धरत पक्ष नेकपा माओवादीले जलाए पछि सदरमुकाम चरिकोटमा व्यक्तिको घर भाडामा लिएर संचालन हुदै आएकोछ ।
कम्सल भवन निमार्ण गरि २०७५ साल भदौमा सहरी विकास तथा भवन निमार्ण कार्यालयले घरेलु तथा साना उद्योग समितीलाई भवन बुझाएको र संयुक्त अनुगमन गर्दा कम्शल बनाएकोले तत्काल पून निमार्ण गर्नठेकेदार कम्पनिले पत्रचार गरेको थियो । ठेकेदार कम्पनिको दादागिरीका कारण हाल सम्म पनि नबनाई दिएकोले कार्यालय आफ्नो भवनमा नसरेको कार्यालय प्रमुखले बताएकाछन । पटक पटक पत्रचार गर्दा राजनैतिक आडमा निमार्ण व्यवसायी बेवस्था गरेको छ ।
घरको छानाबाट पानी चोईएकोछ । चारैतिर घर चिरा चिरा भएको ले कम्सल भवनमा नसरेको तत्काल ठेकेदारले बनाई दिए व्यक्तिलाई तिर्ने बार्षिक ३ लाख ३६ हजार तिर्नु नपर्ने थियो कार्यालय प्रमुख सुजित कुमार झाले बताए । घरेलु तथा साना उद्योग कार्यालय मासिक २८ हजारका दरले १७ बर्षमा ५७ लाख २ हजार भाडा व्यक्तिलाइृ बुझाएकोछ । जनताको रगत र पसिना बाट श्रीजित राजश्वको पटक पटकको सरकारले उपहास गरेकोछ ।
कम्सल भवन बनाउने निमार्ण व्यवसायी श्री फेन्ड्स फान्स ,धुब्रतारा,आ डी जेभी कोटेश्वर काठमाण्डौ रहेकोछ । निमार्ण व्यबसायि रोशन दहाल हुन । उनी भीमेश्वर नगरपालिका दोलखाका पूर्व मेयर चोक बहादुर दहालका भाई हुन । भवनको अनुगमन र निरिक्षण पछि तत्काल बुझाएकै दिन १५ बुद्धे त्रुटी लेखी सच्चाउन दहाललाई सहरी विकास तथा भवन निमार्ण बिभाग डिभिजन कार्यालय चकिोटका प्रमुख एकराज अधिकारीले तुत्री सच्चाउन पत्र लेखे पनि हालसम्म ठेकदारले काम गरेको छैन कार्यालय प्रमुख सुजित कुमार झाले भने ।
ऐतिहासिक शहर दोलखामा रहेको एक मात्र सरकारी कार्यालय पनि पून स्थापना गर्न हालका जनप्रतिनिधि हरुले समेत उपेक्षा गरेको छन । सदरमुकाम चरिकोटमा भन्दा सम्पूर्ण स्रोत साधनका हिसावले महत्वपूर्ण रहेको दोलखा शहरका नागरिकले पटक पटक कार्यालय स्थापना भयो सारि दिन अनुरोध गर्दा स्थानिय प्रशासन बाट अपहेलित हुन परेको स्थानियवासिहरु बताउछन । भवन निमार्ण भई सकेको छ, किन आप्mनो भवनमा फर्किदैन घरेलु कार्यालय स्थानियवासी जिबन श्रेष्ठ दुखेसो गरे ।
३५ बर्ष अघि देखी रहेको यो कार्यालय माओवादी जनयुद्धका नाममा जलाए पनि भवन पूर्न निमार्ण भएर पनि नसारेको कारण नारा जुलुसका साथस्थानिय दोलखावासीले ब्यक्तीको घरमा भाडामा रहेको कार्यालयको बोड समेत लिएर गएका थिए । तर स्थानिय प्रशासनले दोलखाली जनताको आवाजलाई सम्बोधन गर्न तत्काल कार्यालय सारि दिने आश्वसन दिएको स्थानियवासी जगत कुमार श्रेष्ठले बताए ।
ब्यापारि दृष्टीकोण मात्र नभई स्थानियवासीले रोजगारी समेत पाउने अबसरबाट जर्बजस्ती चरिकोटमा कार्यालय राखेकोमा स्थानियस्थानिय मंगलमणि श्रेष्ठको आरोप छ । अहिले अस्थायी रुपमा प्रहरी चौकी भीमेश्वरमा कार्यरत प्रहरीहरु यस भवनमा बस्ने गरेकाछन । सिपमुलक तालिम संचालन गर्दै आएको घरेलु तथा साना उद्योग कार्यालयले अहिले बजार अनुगमन, प्राबिधि हस्तान्तरण ,बजार घर ,कोशेली घर निमार्ण र प्राईभेट तथा साझेदारी फर्म दर्ता, नबिकरण ,खारेजी गर्ने गरेको छ ।
Leave a Reply