अधिनायकबादी सरकारको शंख फुक्दै दोलखा कांगे्रसले ग¥यो भत्सर्ना

 पब्लिक संवाददाता      बिहिबार, मंसिर १८, २०७७      0

दोलखा १८ मंसिर । सरकारले अधिनायकबादी शैलीका बिरुद्ध दोलखाका कांगे्रसले शंख जुलुस निकाली भत्सर्ना गरेकोछ ।
नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल माथी तनहुमा सरकारी पक्षले दुव्र्यवहार गरेकोमा शंख जुलुस निकाली भत्सर्ना गरेको हो ।
निरंकुशताका बिरुद्ध विपि चोक(नेका कार्यालय)बाट शंख फुक्दै दोलखा कांगे्रसको जुलुस पशुपति चोक हुदै सातदोबाटोमा पुगेर कोण सभामा गरेको छ ।
जुलुसमा कांग्रेस कार्यकर्ताहरुले सरकारको चर्र्को बिरोध गर्दै शंख फुक्दै नारा लगाएका थिए । वर्तमान सरकारको अधिनायकबादी कदमका कारण कम्युनिष्टको अन्त्य हुने संकेत देखा परेको दोलखा कांग्रेसका सभापति रुद्र बहादुर खड्का बताए । उनले दोराउदै चर्को स्वरमा भने लोकतन्त्रको उपहास गर्नु नै कम्युनिष्ट समाप्ती हुने संकेत हो ।
कम्युनिष्टहरुको दमन र धरपक्कडका बिरुद्ध लड्न कांगे्रसले कहिलै गोडा नलक्पकाउने चेतावानी दोलखा कांगे्रसका नेता बर्मा लामा दिए । दमन र धरपक्कडको कालो दिनको बदला नेपाली जनताले लिनेछन लामाले भने । कांग्रेस नेताहरुको अनुसार यो आन्दोलन पाटीको केन्द्रिय समितिको निर्देशनका आधारमा तत्काल भएको कार्यक्रममा कांगे्रस दोलखाका सयौं संख्यामा नेता तथा कार्यकर्ता आन्दोलनमा उत्रिएका थिए ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *