दीपशंकर चौलागाई , दोलखा १५ मंसिर । भीमेश्वर नगरपालिकाले दोलखाको सदरमुकाम चरिकोटमा १५ बेडको अस्पातलको आज शिलान्यास गरिएकोछ । भीमेश्वर नगरपालिकाको स्वामित्वमा आजबाट करिब १०० बेडको चरिकोट अस्पताल भएको छ । करिब एक बर्षमा निमार्ण कार्य पुरा गरि अस्पाताल थप सुविद्याको साध संचालन हुने भएको छ ।
सरकारले आज देशका ३९६ पालिकामा अस्पताल र सात वटै प्रदेशमा सरुवा रोग अस्पताल भवनको शिलान्यास गरेकोछ । पालिकासम्म स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले सरकारले आज एकैसाथ अस्पताल भवन शिलान्यास गरेको हो । सरकारले एकैचोटी ३९६ पालिकामा अस्पताल शिलान्यास हुनुलाई स्वास्थ्य क्षेत्रमा क्रान्तिको शुरुवात भएको दावी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो चरणमा अस्पताल नपुगेका ३९६ पालिकामा पाँचदेखि १५ शैय्याको अस्पताल बन्ने छ दोलखा प्रदेश नं २ ख का माननिय संसद पशुपति चौलागाई बताए ।
सरकारले यसै आर्थिक वर्षमा सात वटै प्रदेशमा सरुवा रोग अस्पताल बनाउने घोषणा गरेको थियो ।सरुवा रोगका बिरामीले प्रदेशमा सेवा पु¥याउने उद्देश्यले सरकारले यसै आर्थिक वर्षमा अस्पतालका लागि बजेट विनियोजन गरेको हो ।
७५३ पालिकामध्ये ६४९ पालिकामा अस्पताल नै रहेका छैनन् । तीमध्ये पहिलो चरणमा ३९६ पालिकामा अस्पतालको भवन शिलान्यास गर्न लागिएको हो भीमेश्वर नगरपालिकाका प्रमुख भरत केसी भने ।
प्रदेश–१ मा ३२ पालिकामा, प्रदेश–२ मा २० पालिका, वाग्मती प्रदेशमा १९ पालिका, गण्डकी प्रदेशमा ५३ पालिका, लुम्बिनी प्रदेशमा ६० पालिका, कर्णाली प्रदेशमा २८ पालिका र सुदूरपश्चिम प्रदेशमा ३४ पालिकामा अस्पताल बनाउनका लागि भवन शिलान्यास गरिएको चरिकोट अस्पातको डाक्टर बिनोद दंजानकारी दिए ।
र्थ मन्त्रालयबाट पहिलो चरणमा ३९६ पालिकालाई पाँचदेखि १५ शैंयाको अस्पताल बनाउनका लागि ६४ अर्ब नौ करोड बजेट पठाइसकेको छ । पाँच शैंयाको अस्पतालका लागि ७० लाख, १० शैंयाको लागि ८५ लाख र १५ शैंयाको लागि एक करोड रुपैयाँ पठाइसकिएको मन्त्रालयले जनाएको छ ।
Leave a Reply