होटल ब्यवसायि र घरभेटी बिच दोलखामा एतिहासिक सहमती , चर्को भाडादर तिर्नु नपर्ने

 पब्लिक संवाददाता      शनिबार, मंसिर १३, २०७७      0

दीपशंकर चौलागाई ,दोलखा १३ मंसिर । दोलखाका होटल ब्यवसायि र घरभेटी बिच कोभिड १९ सुरु भए देखी असर अत्यन्त नहुन्जेल सम्म नयाँ भाडादर कायम गर्ने सहमती भएकोछ ।
२०७६ चैत ११ गते देखी कोरानाको असर अत्यन्त नहुन्जेल सम्म नयाँ भाडादर कायम गर्ने सहमती भएको हो ।
दोलखाका धार्मिक स्थलहरु तत्काल खुलाउन स्थानिय प्रशासनले आलेटाले गरेकोले होटल संघ दोलखाले तत्काल निर्णय गरि नखुलाए होटल संघ दोलखाले शसक्त आन्दोलन गन दोलखाका होटल ब्यवसायि र घरभेटीले निणर्य गरेको होटल संघ दोलखाका अध्यक्ष रञ्जित कुमार पाठकले बताए ।
जिल्लालाई आर्थिक रुपमा सम्बृद्ध बनाउन पर्यटकीय गहनाको रुपमा परिचित कालिञ्चोक र भीमेश्वर मन्दिर तत्काल खुलाउन होटल संघ दोलखाले गरेको आग्रह लाई स्थानिय प्रशासनले कमजोरी ठानेकोले आन्दोलनमा उत्रिन बाध्य भएको होटल संघले जनाएकोछ ।
दोलखा भ्रमणमा आउने अधिकांश पर्यटकहरु धार्मिक पर्यटक रहेकोले राज्यको तर्फबाट बन्द गराइएको कालिञ्चोक भगवती ,दोलखा भीमेश्वरको मन्दिर लगायत जिल्लाका मठमन्दिरमा सहजरुपमा आवत जावत गर्ने अबस्था बनाउने होटल संघ दोलखाले पटकपटक अनुरोध गर्दै आएकोछ ।
दोलखाका पर्यटकीय अबस्था दिन प्रति दिन ओरालो लाग्दै गएकोले जिल्लालाई आर्थिक रुपमा सम्बृद्ध बनाउने अभियानमा लागेका होटल ब्यवसायिकहरुलाईबैक तथा बितिय संस्थाहरुले सहुलियत ब्याज दरमा ऋर्ण लगानी गर्न अध्यक्ष पाठकले आग्रह गरे । बैक तथा बितिय संस्थाले होटल ब्यवसायिकहरुको अपिललाई आत्मसाथ गर्दै कारोबार नगरे दोलखा जिल्ला बाटै बैकहरु बिरुद्ध आन्दोलन सुरु गर्ने निर्णय गर्न बाध्यहुने होटल संघ दोलखाले जनाएको छ ।
कोभिड १९ को असरले जिल्लामा संचालित होटल ब्यबसायहरु धेरै मारमा परेकाछन । लामो समय देखी घर भाडा तिर्न नसक्ने अबस्थामा पुगी केही होटल ब्यवसायीहरु बिस्थापित हनु परेकोछ । लाखौको लगानी डुबेर पिडामा परेकाछन। दोलखाका होटल उद्यमीहरुले बित्तिय संस्थाबाट लिएको कर्जाको ब्याज तथा किस्ता समयमा तिर्न नसकेकोले यसको असर रहुन्जेल बिना हर्जना र सहुलियत दर (३ प्रतिशतको ऋर्ण)मा किस्ता तथा कर्जा बुझाउन सहजिकरण गरिदिन सरकारलाई उनीहरुले अपिल गरेकाछन । सहुलियत दरको ऋर्ण होटल ब्यवसायिहरुलाई प्रभाव गर्ने बाताबरण मिलाई दिन होटल तथा पर्यटक ब्यवसायिक संघ बाग्मती प्रदेश र होटल संघ नेपाललाई दोलखाका होटल ब्यवसायिले अनुरोध गरेकाछन ।
होटल उद्यमीको अरबौ लगानी डुब्ने खतरामा छ भने त्यसमा कार्यरत कामदारहरुको रोजिरोटी गुम्ने अबस्था आएकोले धार्मिक पर्यटकीय हिराका रुपमा स्थापित कालिञ्चोक भगवती ,दोलखा भीमेश्वरको मन्दिर लगायत जिल्लाका मठमन्दिरमा खुलाउन दोलखाली नागरिकले अनुरोध गरेका हुन । होटल संघ दोलखाको पटक पटक ध्यानाकर्षण पत्र प्रमुख जिल्ला अधिकारी रमेश प्रसाद शिवाकोटी बुझाउदै आएका छन ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *