शारिरिकरुपमा अशक्तलाई अस्पतालले दियो ५० प्रतिशत छुट

 पब्लिक संवाददाता      आइतवार, मंसिर ७, २०७७      0

दीपशंकर चौलागाई ,दोलखा ७ मंसिर । दोलखाको उत्तरी क्षेत्र सिंगटीमा रहेको रोल्वालिङ सामुदायिक अस्पतालले शारिरिकरुपमा अशक्त रहेका नागरिकलाई ५० प्रतिशत छुटमा स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।
नेपाल सरकारबाट नागरिकलाई दिने सिएमसी,गर्भवती सेवा प्राईभेट अस्पताल रोल्वालिङ सामुदायिक अस्पतालले दिंदै आएको छ । दुर्गम गाउँमा रहेको अस्पतालले थाईराईटको चेकजाँच गरि एक घण्टामै नागरिकलाई रिपोर्ट दिने गरेको अस्पातालका प्रोपाईटर सुब्बा खड्काले जानकारी दिए । दुर्गम भेगका नागरिकहरुले सुविद्या युक्त स्वास्थ्य सेवा पाएकाछन।
१५ बेडको यो अस्पतालले जिल्लाका दोलखाका जिल्ला तिन गाउँपालिका नागरिकलाई स्वास्थ्य सेवा प्रदान गरेको छ । कोराना बाट संक्रमित नागरिहरुको स्वास्थ्य उपचारमा समेत अस्पातलले महत्वपूर्ण भुमिका निर्वाह गरेकोछ । अस्पातालको नजिकमा रहेका बस्तीहरुमा कोरोनाबाट जोगिन स्वास्थ्य जनचेतना जागृत गर्न रोल्वालिङ सामुदायिक अस्पतालल सिंगटीले ६ महिना अघिबाटै अभियान संचालन गरेको छ ।
रोल्वालिङ सामुदायिक अस्पताल सिंगटीले आकस्मिक सेवा, बहिरंग सेवा, अन्तरंग सेवा, निदानात्मक सेवा ,शल्यक्रिया सेवा,सघन उपचार सेवा,प्रबद्र्धनात्मक तथा प्रतिरोधात्मक सेवा, विशेषज्ञ सेवा,फार्मेसी सेवा, फिजियोथेरापी सेवा,वातावरण व्यवस्थापन र स्वास्थ्य संस्थाबाट निष्काशित फोहरमैला व्यवस्थापन सेवा प्रदान गर्दै आएको छ ।
दोलखाको कालिञ्चोक,बिगु र गौरिशंकर गाउँपालिका का करिब ८० हजार नागरिक रोल्वालिङ सामुदायिक अस्पतालबाट लाभान्वित हुने छन ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *