दीपशंकर चौलागाई ,दोलखा ५ मंसिर । दोलखाका धार्मिक स्थलहरु तत्काल खुलाउन स्थानिय प्रशासनलाई होटल संघ दोलखाले आग्रह गरेकोछ ।
जिल्लालाई आर्थिक रुपमा सम्बृद्ध बनाउन पर्यटकीय गहनाको रुपमा परिचित कालिञ्चोक र भीमेश्वर मन्दिर तत्काल खुलाउन होटल संघ दोलखाले आग्रह गरेको हो ।
दोलखा भ्रमणमा आउने अधिकांश पर्यटकहरु धार्मिक पर्यटक रहेकोले राज्यको तर्फबाट बन्द गराइएको कालिञ्चोक भगवती ,दोलखा भीमेश्वरको मन्दिर लगायत जिल्लाका मठमन्दिरमा सहजरुपमा आवत जावत गर्ने अबस्था बनाउन आग्रह गरेको होटल संघ दोलखाका अध्यक्ष रञ्जित कुमार पाठकले बताए । दोलखाका पर्यटकीय अबस्था दिन प्रति दिन ओरालो लाग्दै गएकोले जिल्लालाई आर्थिक रुपमा सम्बृद्ध बनाउने अभियानमा साथ दिन होटल संघले दोलखाका सरोकारवाला निकायहरु संग पटक पटक अपिल गरेको पाठकले जानकारी दिए ।
कोभिड १९ को असरले जिल्लामा संचालित होटल ब्यबसायहरु धेरै मारमा परेकाछन । लामो समय देखी घर भाडा तिर्न नसक्ने अबस्थामा पुगी केही होटल ब्यवसायीहरु बिस्थापित हनु परेकोछ । लाखौको लगानी डुबेर पिडामा परेकाछन। कोभिड १९ को असर नहटुन्जेल सम्म घरभेटी संग घरभाडामा सहजिकरण गरिदिन सरोकारवालाहरुलाई होटल संघले अपिल गरेको सचिव प्रकाश बुढाथोकीले बताए ।
उनले भने दोलखाका होटल उद्यमीहरुले बित्तिय संस्थाबाट लिउको कर्जाको ब्याज तथा किस्ता समयमा तिर्न नसकेकोले यसको असर रहुन्जेल बिना हर्जना र सहुलियत दरमा किस्ता तथा कर्जा बुझाउन सहजिकरण गरिदिन समेत सरोकारवालालाई अनुरोध गरेका छौ ।
२०७६ चैतको ११ गतेबाट गरिएको लकडाउन र जिल्ला शिलबन्दीका कारण प्रत्यक्ष मारमा परेका होटल ब्यवसायीहरु परेकाछन । होटल उद्यमीको अरबौ लगानी डुब्ने खतरामा छ भने त्यसमा कार्यरत कामदारहरुको रोजिरोटी गुम्ने अबस्था आएकोले धार्मिक पर्यटकीय हिराका रुपमा स्थापित कालिञ्चोक भगवती ,दोलखा भीमेश्वरको मन्दिर लगायत जिल्लाका मठमन्दिरमा खुलाउन दोलखाको स्थानिय प्रशासनलाई ध्यानाकर्ण पत्र बुझाएको क्षेत्रिय होटल संघ सदस्य पुष्कर बस्नेताले संचारकर्मीहरुलाई जानकारी दिए ।
कोभिड १९ को असरका कारण होटल ब्यबसाय नबिकरण समयमा हुन नसकेकोले नगरपालिका,घरेलु तथा साना उद्योग विकास कार्यालय तथा करदाता सेवा कार्यालयले जरिवाना बिना नबिकरणको ब्यवस्था मिलाई दिन होटल संघ दोलखाका सदस्य पुष्कर अधिकारी अनुरोध गरेकाछन ।
तत्काल जिल्ला भित्रका मठमन्दिर खोल्नका लागी होटल संघ दोलखाका अध्यक्ष रञ्जित कुमार पाठक र सचिव प्रकास बुढाथोकी द्वरा संयुक्तरुपमा हस्ताक्षरित ध्यानाकर्षण पत्र प्रमुख जिल्ला अधिकारी रमेश प्रसाद शिवाकोटीलाई बुझाका छन।
होटल संघ दोलखाको ध्यानाकर्षण पत्र बुभ्mन साथ प्रमुख जिल्ला अधिकारी रमेश प्रसाद शिवाकोटीले संस्कृति पर्यटन तथा नागरिक उडयन मन्त्रालय सिंहदरबार काठमाण्डौमा ध्यानाकर्षण पत्र पठाएको बताएकाछन ।
Leave a Reply