प्रजातान्त्रिक महासंघ बागमति प्रदेशको प्रचार विभाग संयोजकमा मोक्तान 

 पब्लिक संवाददाता      बुधबार, कार्तिक २६, २०७७      0

दीपशंकर चाैलागाई
दाेलखा २६ कार्तिक । नेपाल प्रजातान्त्रिक महासंघ केन्द्रीय सूचना तथा प्रचार प्रसार विभाग अन्तर्गत बागमति प्रदेशको संयोजकमा लालकुमार मोक्तान नियुक्त भएका छन् ।
महासंघ केन्द्रीय सूचना तथा प्रचार प्रसार विभागको केन्द्रीय समितिको बैठकबाट मोक्तानलाई बहुमतले बागमतिको संयोजकमा मनोनयन गरेको अध्यक्ष रोजी ढकालले बताइन् ।

नेविसंघ दोलखाका सह–सचिव, जनजाति संघ दोलखाको सचिव हुँदै, प्रेस युनियनमा आवद्ध भइ लामो समय देखि निरन्तर पत्रकारीता पेशामा आवद्ध रहेका मोक्तान तामाङ पत्रकार संघका केन्द्रीय सदस्य समेत रहेका छन् ।
देशान्तर साप्ताहिक र एभिन्यूज खवरमा आवद्ध भइ लामो समयदेखि टेलिभिजन पत्रकारीतामा सक्रिय उनी अहिले कृषि टेलिभिजनमा कार्यरत छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *