जनयुद्ध र जनआन्दोलनमा शहाद प्राप्त गर्नेको शालिक बैत्यश्वर पालिकामा

 पब्लिक संवाददाता      आइतवार, कार्तिक १६, २०७७      0

दीपशंकर चौलागाई, दोलखा १६ कार्तिक । दोलखाको बैत्यश्वर गाउँपालिकाले जनयुद्ध र जनआन्दोलनमा शहाद प्राप्त गर्ने महान व्यक्तित्वको सम्झनामा सहिद पार्क निमार्ण गर्दै छ ।
शहिदको सपना सकार बनाउन उहाँहरुले चालेको कदमको मुलकका सबै पालिकाले अनुसरण गरुन भन्ने उदेश्यले पालिका केन्द्र संगै शहित पार्क निमार्ण गर्न लागेको हो ।
पर्यटकको आषर्कणको केन्द्रबिन्दुका रुपमा बैत्यश्वर गाउँपालिकाको केन्द्र रहेको पाँडुडाँडालाई स्थापित गर्न गाउँपालिकाले शहिद पार्क निमार्ण अभियान तिब्ररुपमा अगाडी बढाएका पालिका उपाध्यक्ष रबिचन्द्र आचार्यले बताए ।
आगामी बर्ष २०७६/०७७मा गाउँपालिकाको ५ लाख र यस बर्ष प्रदेश सरकारको २५ लाखमा शहिद पार्क निमार्ण लाई भईरहेको छ । जनयुद्ध र जनआन्दोलनमा शाहाद प्राप्त गर्ने महान व्यक्तित्वका सालिक राखेर उनीहरुको सम्मान गर्ने बैत्यश्वरवासी चाहान रहेको स्थानिय समाजसेवि बालकुमार दहाल जानकारी दिए ।
वैतेश्वर गाउँपालिका समुन्द्र सतहदेखि करिब ८८६ मि. देखि ३०४७ मि. सम्मको उचाईमा रहेको छ । यस गाउँपालिकाको क्षेत्रफल ८०.४१ वर्ग कि.मि रहेको छ । साविकका क्षत्रपा, नाम्दु, काबे्र, गैरीमुदी, मीर्गे गा.वि.स मिलेर यो पालिका बनेको छ ।
तामाङ, क्षेत्री, बाम्ह्रण, जिरेल, थामि लगायतको जातजातिको बाहुल्यता रहेको यस गाउँपालिकाको प्रमुख व्यापारिक नाका तथा बजारहरुमा मैनापोखरी, खाँवा, तामाकोशी, नाम्दु, लहरेमाने, पुतलीकाठ, क्षत्रपा आदि पर्दछन । पूर्वमा जिरी नगरपालिका, पश्चिममा भिमेश्वर नगरपालिका, उत्तरमा गैरीशंकर गाउँपालिका तथा कालिञ्चोक गाउँपालिका र दक्षिणमा तामाकोशी गाउँपालिका रहेको यो पालिका जिरी जाने प्रमुख नाकाको रुपमा रहेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *