दीपशंकर चौलागाई ,दोलखा ७ कार्तिक । दोलखाका मुख्य सडकको दुरदशा भोगेका सर्वसाधारण नागरिकहरुले ग्रामिण भेगमा सुविद्या युक्त कालोपत्रे सडक उपयोग गरुन भन्ने उदेश्यले गाउँपालिकाले आफनै लगानीमा सडक पिच गर्न थालेकोछ ।
दोलखाको बैत्यश्वर गाउँपालिकाले पुरैपालिका समेटिने गरि तिन स्थानबाट सडक कालोपत्रे गरेकोहो। ग्रामिण भेगका नागरिकहरु राता रात लड्दै पड्दै तरकारी ,धान चामल बोकेर हिड्नु पर्ने अबस्था खेपिरहेकाले त्यो समस्याको समधानको लागी सडक कालोपत्रे गरेको बैत्यश्वर गाउँपालिका अध्यक्ष छवि लामाको बताए ।
बैत्यश्वर गाउँपालिकाले गोपी खोला जोरमाने सडक १३ सय मिटर , बुस्तीब पुतलीकाठ मिर्गे १२ सय मिटर कालो पत्रे गरेको छ , । यस बर्ष यि दुबै सडक पिच गर्न २÷२ करोड बजेट बिनियोजन गरेकोछ । बैत्यश्वर गाउँपालिकाको उच्च भुभागमा पर्ने मैनापोखरी क्षेत्रपा सडक कालोपत्र गर्न नमिल्ने कारण ७ सय मिटर ढलान समेत गरेको छ । यो सडक खण्ड लागी पनि २ करोड बिनियोजन गरेको बैत्यश्वर गाउँपालिकाका प्रवक्ता शम्सेर घिसिङले जानकारी दिए ।
दोलखाको अन्न र तरकारीको भण्डारको रुपमा परिचित बैत्यश्वर गाउँपालिकाका कृषकहरुले चामल ,गहुँ, मकै ,आलु ,प्याज,लसुन फर्सी सागपातहरु दैनिकहरु सवारीका साधानहरु बाट पिच सडकको उपयोग गरि सदरमुकाम चरिकोटमा ल्याएर बिक्री गर्न थालेकाछन । दोलखका नौ पालिकामा पहिलो पटक आप्mनै लागानी सबै वडा समेटिने गरि कालोपत्रे सडक बैत्यश्वर गाउँपालिकाले बनाउन थालेको छ ।
Leave a Reply