किचोला सुरु गर्ने लागेको हो भने जग्गादाता नै आन्दोलित हुने चेतावानी,  दान गरेको सबै जग्गा पालिका कै नाममा भएको दाबि

 पब्लिक संवाददाता      शुक्रबार, कार्तिक ७, २०७७      0

दीपशंकर चौलागाई ,दोलखा ७ कार्तिक । दोलखाको बैत्यश्वर गाउँपालिकालाई स्थानीय जनताले दान गरेको जग्गा अपचलन भएको भन्ने भ्रमक र गलत प्रचारमा भएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाको केन्द्र बिरोधिहरुले गरेको भ्रमक र गलत प्रचारमा नपर्न आम नागरिकलाई लाई जग्गा दाताहरुले आग्रह गरेका हुन । जनताले दिएको २२ हजार ३ सय २५बर्गमिटर (४४ रोपनी) जग्गा गाउँपालिका कै नाममा रहेकोछ । बाहिरी घेराबाट सटा भर्नको लागी रहेको १३ हजार ३ सय १५ बर्गमिटरमा रोपनी जग्गामा ८ सय १४ मिटर जमिन मात्र जग्गा व्यवस्थापन समितिको नाम रहेकाछ ।
जग्गा शोध भर्ना गर्ने ब्यक्तिले उपयोग गरे पनि कोभिट १९ को कारण जिल्ला मालपोत कार्यालयमा गई जग्गा पास गर्न केही समय लागेको पालिकाले जनाएको छ ।
एक ब्यक्तिले अर्को ब्यक्तिलाई जग्गा किनबेच गर्नु नैसर्गिएक अधिकार भएकोले जग्गा किनबेच का बिषयमा पालिकाको भन्नु केही छैन । गाउँपालिकाको जग्गा अपचलन भएका छैन, गलत प्रचारमा नपर्न आम नागरिकलाई पालिका प्रमुख छबि लामा आग्रह गर्नु भयो । २६ जनाले दाना गरेको ४४ रोपनी जग्गा सबै पालिकाको नाममा रहेको छ ।
गाउँपालिकाको निणर्य अनुसार जग्गा व्यवस्थापन समितिले पार्दर्शीरुपमा काम गरेको पालिकाले जनाएकोछ । कतै जनताले दान गरेको ४४ रोपनी जग्गा तल माथि भयो की भनेर छानबिन समिती समेत बनाएको र सतिमितीदे दिएको प्रतिबेदन मै कुनै पनि जग्गा अपचलन नभएको ठहर गरेको छ ।
बैत्यश्वर गाउँपालिका केन्द्र राख्ने बिवादले भएपछि बैत्यश्वरवासीले ४४ रोपनीको पूर्जा भएको र ११ रोपानी अ‍ैलानी गरि ५५ रापनी जग्गा दान गरे । जग्गा व्यवस्थापन समितिकाले सबै जग्गा एकै स्थानमा बनाउन करिब ३ बर्ष लाग्यो । सटा भर्ना गदै अहोरात्र खट्यो । करिब १० लाख जति जग्गा व्यवस्थापन समितिको खर्च भएकोल,े खर्च ब्यबस्थापन लागी गाउँपालिका संग माग भएको थियो । आर्थिक ऐन अनुसार पालिकाले खर्च दिन नमिल्ने भएपछि केही इच्छुक लाई जग्गा लिन आहावान गरि खर्चको ब्यबस्थापन गरेको छ ।
जग्गा व्यवस्थापन समितिकाले दाताहरुले दान गरेको जग्गा अपचलन नभएको जानकारी दिएको छ । स्थायी केन्द्रलाई जग्गा दान गर्ने जग्गादातालाई बाहिरी घेराका जग्गादातावाट जग्गा सोधभर्ना गर्ने क्रममा अपचलन गरिएको प्रचार तथ्यहिन रहेको बैत्यश्वर गाउँपालिका उपाध्यक्ष रविचन्द्र आचार्यले बताए ।।
जग्गा दाताहरु ले दिएको सबै जग्गाा पालिकाको नाम नै छ । केन्द्र बिरोधिहरुको पछि लागेर बैत्यश्वरमा किचोला सुरु गर्ने लागेको हो भने जग्गादाताहरु नै आन्दोदन सुरु गर्ने जग्गादाताहरु खेजराज भट्राईले बताए ।
एक ब्यक्तिले अर्को ब्यक्तिलाई जग्गा किनबेच गर्नु नैसर्गिएक अधिकार हो । गाउँपालिकाको कार्यालय क्षेत्र नजिक बस्ती बसल्न पाए हुन्थ्यो भन्ने सोच रहेका स्थानियको रहेकोछ । जग्गा किन इछ्ुक जो कोही आएपनि स्वागत गर्ने अभियानमा स्थानिय रहेको स्थानियवासी बैत्यश्वर माध्यामिक बिद्यालयका प्रअ दिलराम गिरीको बताए ।
जग्गा व्यवस्थापन समितिका सदस्य र जनप्रतिनिधिका आफन्तको नाममा जग्गा पास गर्नुको कारण सहित गाउँपालिकाले छानबिन समितिको प्रतिबेदन सार्वाजानिक गरेपछि दोलखाका केही राजनैतिकदलहरु असन्तुष्टी जनाएका हुन । बैतेश्वर गाउँपालिकाको जग्गा अपचलन भएकोे भ्रमक र गलत प्रचार भएको छानविन समितले सावित गरे लगतैे केही राजनैतिकदलले वैतेश्वर गाउँपालिकालाई स्थानीय जनताले दान गरेको जग्गा अपचलन भएको सार्वजनिक गरेको थिए । अपचलन भएको गलत प्रचार गरेर प्रतिशोधका आधारमा कोही कसैको राजनैतिक जिबन समाप्त पार्ने दुश्प्रयास नर्गन जग्गादाताहरु पूर्ण बहादुर नेपालीले चेतावानी दिएकाछन ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *