पब्लिक संवाददाता
सोमवार, कार्तिक ३, २०७७
0

- स्थानियवासी र जनप्रतिनिधिबाट शर्मा स्वाछन्द खानी जेभीकाे तारिफ
दीपशंकर चौलागाई - ,दोलखा ३ कार्तिक । एशियाली विकास बैकको लगानी दोलखाको ताकाकोशी गाउँपालिका ५ शहरेका १२ कोठे भवन निमार्ण गरि शर्मा स्वाछन्द खानी जेभीले आज हस्तान्तरण गरेकोछ ।
५ करोड २६ लाखको लगानीमा निर्मित शंखेश्वर आधारभूत माविको १२ कोठे भवनको चाबि शर्मा स्वाछन्द खानी जेभीका प्रतिनिधि दिनेश कार्कीले जिल्ला आयोजना कार्यन्वयन इकाई का पूमुख देवकुमार बराललाई हस्तान्तरण गरेकाकाछन ।
तामाकोशी गाउँपालिका अध्यक्ष ईश्वर चन्द्र पाखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न हस्तान्तरण कार्यक्रममा कन्सल्टेसका ईन्जिनियर राजु शिवाकोटी ,समाजसेवि युवा उदव खाती ,कामु वडा अध्यक्ष अर्घलाल चौलागाईले भौतिक निमार्ण संगै अभिभावक,बिद्यालय ब्यबस्थापन समिती र शिक्षकहरुले नेपाली शैक्षिक बजारमा बिक्ने जनशक्ति उत्पादन गर्न सदैव तलिन भए शहरको सम्बृद्धी द्रुतगतिमा हुने धारण राखे थिए ।
शर्मा स्वाछन्द खानी जेभीले निर्धारित समय भन्दा एक महिना अघि निमार्ण सम्पन्न गरि हस्तान्तरण गरेकोमा स्थानियवासी र जनप्रतिनिधिहरुले धन्यावाद दिंदै तारिफ समेत गरेका छन ।
कार्यक्रम बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष रामप्रसाद चौलागाईको अध्यक्षतामा सम्पन्न भएको थियो ।
Leave a Reply