दीपशंकर चौलागाई ,दोलखा १ कार्तिक । दोलखाको लप्चीबासी पुल नभएका कारण जोखिम पूर्ण यात्रा गर्न बाध्यछन । सदरमुकाम चरिकोटमा आवत जावत गर्न ज्यान नै जोखिममा पारेर उनीहरु ताकाकोशी नदी तर्न बाध्य भएकाछन ।
तामाकोशी नदीको वरी पट्टी पर्ने लामाबगरका स्थानिय युवाको सहयोगमा लप्चीवासी मोटरको चक्कामा राख्ने ट्युब र डोरीको माध्यमबाट नदी तर्ने गरेकाछन ।माथिल्लो तामाकोशी जलबिद्युत आयोजनाले करोडौ रकम सामाजिक सुरक्षामा खर्च गर्दा सम्म लप्चीवासीलाई सडकको ब्यबस्था गरि दिन त परै जाओस झोलुङगे पुल समेत नबनाईदिएको कारण नागरिकहरु पिडा भोगिरहेकाछन ।
माथिल्लो तामाकोशी जलबिद्युत आयोजनाको डम्याम्साईटको दायाँ बायाँ बाट हिड्ने समेत बाटो नभएकोले करिब डेढ सयको संख्यामा रहेका लप्चीवासीले समस्या भोगिरहनु परेकोछ लप्ची गुम्बाका अध्यक्ष कर्मा शेर्पाले भने ।
लामाबगरबाट चिनको स्वाशासित क्षेत्र तिब्बतको सिमनामा रहेको नेपालको बस्ती लप्ची पुग्न दुईको पैदल यात्रा गर्नु पर्छ । यात्राको सुरुमै ज्यान नै जोखिमा पारेर नदि तर्नु परेका पिडा तामाकोशी आयोजना , संघिय र प्रदेश सरकारले नबुझेको स्थानिय युवमहरुले बताए । बिगु गाउँपालिकाले प्रत्येक बर्ष बाटो काँट्छाँट्न गर्न ८÷१० लाख बजेट दिने गरेको लप्चीवासीले बताएकाछन । बर्षामा आवत जावत गर्न नसकेका कारण बाटो पुरै जंगल हुनेकारण रुख बिरुवा काँट छाँटको लागी वडाले बजेट बिनियोजन गर्ने गरेको बिगु १ गोंगरका स्थानिय युवा मिंमा तमाङले बताए । ।
लामाबगरका स्थानिय युवाको लाई साथ सहयोगमा लिई वडा अध्यक्ष हिरण्यबहादुर गुरुङ लप्चीवासी झर्ने बितिकै नदी तार्न पुग्छन। हावा बढी चलेका कारण ट्यूवबाट नागरिकहरु पानीमा डुब्ने समस्या आई रहेकोछ ।
चिनले आवत जावतमा सरकारको अनुमति नलिई देश छिर्न बन्देज लगाए पछि लप्चीबासीलाई खाध्यान संकट पर्ने सम्भावना देखीको समाजसेवि युवा तमाङले जानकारी दिए । लप्चीमा जलबिद्युत आयोजना बन्दैछ। आयोजनाको समानहरु हेलिकप्टरबाट ओसारपसार हुन्छ । बिगुगाउँपालिकाका प्रमुख युधिष्ठिर खड्काले भने संघिय सरकारले यस बर्ष बजेट छुटाएकोले सडक बन्ने छ ।
लाबगरबाट लप्ची सम्म करिब १८ किलोमिटर सडक निमार्ण गरे हुन्छ । यो सडक तिन देश जोड्ने सबै भन्दै छोटा मार्ग हुने छ । यो नाकाबाट पैलत यात्रा गरि नेपालीहरु चिनको कुतिमा पुगी नुन ल्याउने गरेका थिए । सरकारलाई छिटो भन्दा छिटो सडक बनाई नाका खोलि दिन जिल्लावासीले आग्रह गरेकाछन ।
Leave a Reply