लामाबगरमा शसस्त्रकाे बिओपीको स्थापना, चरणका लागी खर्क रोक्दै चिन सरकार

 पब्लिक संवाददाता      बिहिबार, अशोज २९, २०७७      0

दीपशंकर चौलागाई,दोलखा २९ असोज । दोलखाको बिगु गाउँपालिका वडा नं १ लप्चीवासीलाई चिन सरकारले चरणका लागी खर्क रोक लगाएकोछ ।
२०४२ साल देखी नेपाल सरकारले दोलखाको बिगु गाउँपालिका वडा नं १ लमाबगरमा सिमा प्रशासन कार्यालय स्थापना गरि दुई देश बिच सहमती गर्दै लप्चीवासीलाई चरणका लागी खर्क उपयोग गर्न छुट दिएकोमा यस बर्षबाट रोक लगाएको हो ।
नेपालका लप्चीवासीको पेशा चौरिपालन भएकोले चरण खर्कमा रोक लगाएपछि उनीहरु समस्यामा परेको गाउँपालिका अध्याक्ष युधिष्टिर खड्काले बताए । २०७२ सालको भुकम्प पछि चिन सरकारले लप्चीको सिमानामा छरिएर रहेका बस्तीहरुलाई एकिकृत बस्तीका रुपमा स्थान्तरण गरेपछि नेपालीहरुलाई यतिबेला दैनिक उपभोगिय बस्तु खरिदमा समेत समस्या परेकोछ ।
एकिकृत बस्तीमा बनाई चाईनिज नागरिकलाई राखेपछि चिन सरकारले अनुमती बिना नेपाल जानसमेत उनीहरुलाई रोक लगाएको छ । नेपाली हरुलाई चिन बिना सरकारको अनुमती प्रवेशमा रोक लगाएपछि लप्चीबासी झन पिडामा परेको छन । लप्चीवासीको उद्धारको लागी सरकारी निकायले पहल गरिदिन बिगु गाउँपालिका अध्यक्ष खड्काले आग्रह समेत गरेकाछन ।
दोलखाको चीन जोड्ने उत्तरी नाका लामाबगरमा सशस्त्र प्रहरी बलको ‘बिओपी’ स्थापनाको उद्घाटन समारोहमा बिगु गाउँपालिकाका अध्यक्षले अब सिमनाबाट हुने चोरी शिकारी नियान्त्रण हुने बिश्वास गरेकाछन ।
गत असार २९ को मन्त्रीपरिषद्को निर्णयअनुसार बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक मन्दीप श्रेष्ठको उपस्थितीमा बिगु गाउँपालिका वडा २ लामाबगरमा ‘बोर्डर आउट पोष्ट’ स्थापना गरिएको हो । दोलखाको सिमनामा नेपालका ५५,५६,५७,५८,५९,६० र ६१ नम्बरमा सात वटा पिलर रहेकाछन ।
बिओपीको स्थापना गर्दै बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक मन्दीप श्रेष्ठले यस क्षेत्रमा पनि पटोल गरेर सिमाका सातै वटा पिलरहरुको अनुगमन गरि सुरक्षामा सशस्त्र प्रहरीबलले प्रभावकारी भुमिका निर्वाह गर्ने बताए । प्रहरी नायब महानिरीक्षकले भने सीमासुरक्षा गर्दै बिओपीले बिगुगाउँपालिका सम्पूर्ण अप्ठ्यारामा सहयोग गर्ने छ ।
सीमा र जनताको सुरक्षाका लागि सशस्त्र प्रहरी बलले लामाबरमा अहिले अस्थायी प्रकृतिको पोष्ट स्थापना गरेको छ । बिगुगाउँपालिकाले सशस्त्र प्रहरीको कार्यालय स्थापनाका लागि १५ रोपणी जमिन उपलब्ध गराउने निर्णय गरेको छ । अब क्याबिनेटकबाट मात्र पास गर्न बाँकी रहेकोछ ।
मातृभूमि रक्षाका लागि सशस्त्र प्रहरीको भौतिक संरचना निर्माणका लागि स्थानीय, प्रदेश र संघ सरकार मिलेर अघि बढ्ने पालिकाले जनाएकोछ ।दोलखाका प्रमुख जिल्ला अधिकारी रमेश प्रसाद शिवाकोटीले सीमा सुरक्षा पोष्ट स्थापना संगै सीमाबाट हुने चोरी निकासी नियान्त्रण हुने बताए ।
तत्काललाई प्रहरी निरीक्षक गोविन्द प्रसाद पोखरेलको नेतृत्वमा ५० जना सशस्त्र प्रहरीको टोली रहने छ । कोभिड १९ को कारण हाल २५ जनाको टोली मात्र लामाबगरमा नाकामा क्याम्प बनाएर बसेकोछ । सीमा क्षेत्रमा रक्षक भएपछि स्वत नेपालको भूमि रक्षा हुने छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *