भष्ट्रचार र बेथितिका बिरुद्ध उत्रिएका जनतालाई कांगे्रस साथ, उपभोक्ता समिती बनाउदा सर्वदलिय,सर्वपक्ष बनाउन आग्रह

 पब्लिक संवाददाता      मङ्लबार, अशोज २७, २०७७      0

तामाकोशी संवाददाता ,दोलखा २७ असोज ।भष्ट्रचार र बेथितिका बिरुद्ध दोलखाको तामाकोशी गाउँपालिकामा नेपाली कांग्रसले चरणबद्ध आन्दोलन गर्दै आएकोछ ।
तामाकोशी गाउँपालिकाको वडा नम्बर ४ मालुमा विकास निमार्ण काम मात्र नभई अपाङग,बृद्ध भत्तामा समेत अनियमिकता भएको बिरोधमा नेपाली कांगे्रस तामाकोशीले गरेको आन्दोलनलाई सर्वसाधरण नागरिक साथ दिएकाछन ।
सर्वसाधारणको नेतृत्व गर्दै वडा नं ४ को कार्यालयमा पुगेका नेपाली कांगे्रसका नेता सहितको बिशाल जनमासले अनियमिकता भएको बिरोधमा तालाबन्दी गरेकाछन ।
सता र शक्तिको आडमा भष्ट्रचारीलाई संरक्षण गर्न दोलखाको स्थानिय प्रशासनले ताला खुलाउन तत्काल प्रहरी पठाए छ । जनता ताला लगाउने प्रहरी खोल्ने यो प्रक्रिया दोलखाको मालुमा भई रहेको छ ।
जनताको नेतृत्व गर्दै नेपाली कांगे्रस दोलखाका नेता कुमार भुजेल, नरहरी सुवेदी युवा नेता भुवन केसी ,तामाकोशी गाउँपालिका सभापति ङरहरी फुयाल,सचिव चन्द्रगणेश काप्mले ,महिला नेतृ सिर्जना सुवेदी,लोकप्रिय युवा नेता गोपाल तिमल्सीना ,कागे्रसका शसक्त युवा नेता सन्तोष पोखरेल मालुमा पुगेकाछन ।
गोपाल तिमल्सीना र सन्तोष पोखरेल अगुवाईमा भएको भष्ट्रचार मुक्त मालु निमार्णमा जिल्ला स्तरिया नेताहरुले साथ दिएकाछन । जननिर्वाचित वडा अध्यक्ष होमबहादुर श्रेष्ठले गरेका आर्थिक अनियामिकताको भण्डाफोर गर्दै अब बन्ने उपभोक्ता समितीमा सर्वपक्षिय सर्वदलिय समितीहरु नबनाए सम्म कुनै पनि गतिबिधि गर्न नदिने चेतावानीका साथ कार्यालय तालाबन्दी गरेको नेपाली कांगे्रसका नेता प्रचण्डदीप कार्कीले बताए ।
भष्ट्रचारीलाई कावार्ही समन्धित निकायले नगरे जनता आफैं गर्ने घोषणा गर्दै वडा कार्यालय अधि पुल्ला दहन गरेर बिरोध जनाएकाछन । सताको मातले उन्मुक्त बनेका वडा अध्यक्षले सचिन पटक पटक कांगे्रसले सचेत समेत गराएको थियो ।अडम्बरीको खोल ओडेर उपभोक्ता समितीमा कोही कसैलाई थाहानै नदिई तानाशाही ब्यबहार देखाएपछि जनता आन्दोलनमा उत्रिएकाहुन । आन्दोलित जनताले नाराजुलुसका साथ गाउँ परिक्रमा गरि कोण सभा समेत गरेकाछन ।
कोण सभालाई नेपाली कांगे्रसका नेता कुमार भुजेल,नरहरी सुवेदी ,भुवन केसी ,ङरहरी फुयाल, चन्द्रगणेश काप्mले ,सिर्जना सुवेदी,गोपाल तिमल्सीना,सन्तोष पोखरेल,प्रचण्डदीप कार्की लगायतले सम्बोधन गरेका थिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *