
दीपशंकर चौलागाई,दोलखा २७ असोज । सात बर्ष अघि देखी निमार्णाधिन सरकारी भवन बेवारिसे हुदा सरोकारवालाहरु कसैको ध्यान जान सकेको छैन । नागरिक समाज दोलखाले सरकारी सम्पतिको संरक्षणमा कसैको चासो नभएको भन्दै बिरोध जनाए काे छ ।
दोलखाको सदरमुकाम चरिकोटमा २०७० माघ २० गते सिटी हल निमार्ण गर्ने भनि भवनको ठेक्का लिएको रौताह ओम बुद्ध सून्दरीमाई जेभीले हाल सम्म पनि अलपत्ररुप रुपमा छोडेकोेछ ।
सदरमुकाम भित्र त सरकारी भवन बेवारिसे हुदा सम्म ध्यान नदिनेले सरकारका प्रतिनिधिहरुले ग्रामिण भेगमा रहेका सरकारी भौतिक संरचनाको अबस्था त कस्तो होला चासोको विषय बनेकोछ ।
अहिले देशमा संघिय सरकार , प्रदेश सरकार ,स्थानिय सरकार रहेकोछ तर यसको पूर्णता दिन तिन वटै सरकारले चासो नदिए पछि जनताको कर अपहेलना भएकोेछ । रात दिन जनताले रगत र पसिना खर्चिएर सरकारलाई तिरेको करको उपहास भएको छ ।
२०७३ माघ मसान्त भित्र सम्पन्न गर्ने गरि रौताह ओम बुद्ध सून्दरी माई जेभीले १ करोड ७९ लाख २६ हजार २५ रुपैया ६० पैसामा भवनको स्ट्रचर बनाउने ठेक्का लिएकोमा हाल सम्म ८५ प्रतिशत मात्र काम भएको गरेको छ । ठेक्काको बित्तिय प्रगती ८२ दशमल पाँच आठ प्रतिशत मात्र प्रगती भएकोछ ।
तत्कालिन शहरी विकास डिभिजन कार्यालय काभ्रे संग गरेको सम्झौता अनुरुप रौताह ओम बुद्ध सून्दरी माई जेभीले काम नगरेकोले ठेक्का तोडि कालोसुचिमा राख्दै अपुरो काम को पूर्णता दिन नयाँ प्रक्रिया सुरु गर्ने सघन शहरी तथा भवन निमार्ण आयोजना रामेछापले जनाएकोछ ।
तत्कालिन जिलला विकास समिती दोलखाको २० प्रतिशत र शहरी विकासको ८० प्रतिशत लगानी का ठेक्का लगाएकोे जिल्ला समन्वय समिती दोलखाका प्रमुख डबल पाण्डले बताए ।
जिल्ला समन्य समिती दोलखाले भीमेश्वर नगरपालिका भित्र बिरुप अबस्थामा रहेको सो भवनलाई पूर्णता दिई संचालनको जिम्मेवारी नगरपालिकालाई दिने मौखिक सहमती गरेको र लिखित दिन पनि तयार रहेको समन्वय प्रमुखले बताएकाछन । जिल्ला समन्य समिती संग बजेट नभएको कारण पनि यो निर्णय गरिदिने उनको भनाई रहेको छ ।
तत्कालिन जिल्ला विकास समितीको स्वामित्वमा रहेको जग्गामा एउटा ब्यवशायिक कम्पिलेस सिटीहल जिविसको साझेदारिमा बनेको तर अलपत्र अबस्थामा हुदा सदरमुकामको सौन्दर्यतामा समेत बाधक बनिरहेको छ जिल्ला समन्वय अधिकारी टंक प्रसाद पाण्डेले भने ।
यो आर्थिक बर्षमा संघिय सरकारले सिटीहल निमार्णलाई पूर्ण गर्न ५० लाख बिनियोजन गरेको सघन शहरी तथा भवन निमार्ण आयोजना रामेछापले जनाएकोछ ।
Leave a Reply