दोलखा २२ असोज । बैतेश्वर गाउँपालिकाको जग्गा अपचलन भएकोे भ्रमक र गलत प्रचार भएको छानविन समितले सावित गरेको छ ।
एक ब्यक्तिले अर्को ब्यक्तिलाई जग्गा किनबेच गर्नु नैसर्गिएक अधिकार भएकोले जग्गा किनबेच मात्र भएको निष्कर्ष निकालेको हो ।
१ हजार ९ वर्गमिटर जग्गा विक्री भएको प्रतिवेदन सम्शेर घिसिङको संयोजकत्वमा गठित समितिले सार्वजनिक गरेकोछ । छानविन समितिले सोधभर्ना बापत २८ जना जग्गाधनीहरुबाट १३ हजार २ सय ५१ वर्गमिटर जमिन प्राप्त भएको देखिएको प्रतिवेदनमा उल्लेख गरेको छ ।
सो जग्गा मध्ये जग्गा दान गर्ने जग्गादातालाई ११ हजार ३ सय ९३ वर्ग मिटर जमिन शोधभर्ना गरेर बाँकी रहेको १ हजार ९ वर्गमिटर जग्गा व्यवस्थापन समितिको निर्णय बमोजिम विक्री गरेको देखिएको स्पष्ट पारेकाछन ।
निर्मला घिसिङ र सिता आचार्यको नाममा ६ सय वर्गमिटर तथा मनमाया दाहाल, लालकुमारी तामाङ र कमला तमाङको नाममा ४ सय ९ वर्गमिटर गरी रजिस्ट्रेशन पास भएको प्रतिवेदनमा उल्लेख छ । साथै, बैतेश्वर गाउँपालिका वडा नम्बर १ निबासी आइती तमाङलाई बैतेश्वर ५ का पदम बहादुर दाहालको नामबाट २ सय ५५ वर्गमिटर जमिन रजिस्टे«शन पास गरि विक्री गरिएको समितिले जनाएको छ ।
Leave a Reply