पब्लिक संवाददाता
बिहिबार, अशोज २२, २०७७
0

दोलखा २२ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्त दोलखाको समायोजन भेलाले राजनबहादुर शिवाकोटीको संयोजकत्वमा ५३ सदस्यीय जिल्ला कार्यसमिति दोलखाको गठन गरेको छ ।
नेपालको अर्को प्रजातान्त्रिक शक्तिको समायोजन भेला बुधबार सदरमुकाम चरिकोटमा सम्पन्न भएको हो ।
राप्रपाका केन्द्रीय सदस्य प्रविण थोकर प्रमुख आतिथ्यतामा भएको भेलाले बलबहादुर तामाङ र नवराज श्रेष्ठलाई सहसंयोजकमा चयन गरेको छ ।
३ महिनापछि जिल्ला अधिवेसन गर्ने गरी भेला सम्पन्न भएको छ । राप्रपाका सम्पूर्ण नेता तथा कार्यकताहरुलाई एकताको मालामा उन्दै समग्र प्रजातान्त्रिक शक्तिहरुलाई एकीकृत गरी समुन्नत दोलखा बनाउने अभियानमा लाग्ने राप्रपा दोलखाका संयोजक शिवाकोटीले बताए ।
Leave a Reply