३० औ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस दोलखाको सुनाखनीमा

 पब्लिक संवाददाता      शुक्रबार, अशोज १६, २०७७      0

दीपशंकर चौलागाई ,दोलखा १६ असोज(रासस) । ज्येष्ठ नागरिकको ज्ञान, सीप, क्षमता र अनुभवले सम्बृद्ध मुलुक निमार्णका वर्तमान पुस्ताको लागि पनि ठूलो प्रेरणाको स्रोत हुने भन्दै दोलखाको कालिञ्चोक गाउँपालिकालेले ३० औ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस सुनाखनीमा धुमधामका साथ मनाएको छ ।
ज्येष्ठ नागरिकमा रहेका अनुभवको अधिकतम सदुपयोग गर्ने नीति बनाएर पालिकाहरु अगाडी बढ्नु पर्ने आजको आबश्यकता रहेको कालिञ्चोक गाउँपालिका की उपाध्यक्ष कालिका पाठले बताईन । सम्मानका साथ ज्येष्ठ नागरिकहरूको अनुभवको अधिकतम सदुपयोग गरे सामाजिक तथा आर्थिकरूपमा पनि बोझ नभई वरदान सावित हुनेछन् ।
“महामारी ः बुढ्यौली र उमेरको कारण ज्येष्ठ नागरिकलाई गरिने हाम्रो सम्बोधनमा परिर्बतन ल्याउछ ।”भन्ने नाराका साथ पवित्र धार्मिक स्थल कालिनाग मन्दिरको परिसरमा जेष्ठजनहरुको लागी हाँसी खुशी समय ब्यातित् गराउने उदेश्यले बनाएको भवनमा ३० औ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाएकोछ । सास्कृती कार्यक्रम र मिष्ठान भोजन लगायतका कार्यक्रम पालिकाले गरेको हो ।
अहिले संसारभरि ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरूको संख्या ९० रहेको छ । यो विश्वको कुल जनसंख्याको १२.३ प्रतिशत हो । नेपालमा ज्येष्ठ नागरिकको संख्या २१ लाख ५४ हजार ४ सय १० रहेको छ । यो कुल जनसंख्याको ८.१३ प्रतिशत हो, जसअनुसार ज्येष्ठ नागरिकहरूको वार्षिक वृद्धिदर ३.०७ प्रतिशत छ । तुलनात्मक रूपमा हेर्दा जनसंख्या वृद्धिसँगै ज्येष्ठ नागरिकहरूको संख्या बढे पनि वार्षिक वृद्धिदर भने केही घटेको देखिन्छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *