दोलखा, १६ असोज । सफा सुनौलो नेपाल काठमाडौं र चाइना फाउन्डेसन फर पोभर्टी एलिभेसन नेपाल अफिसको आर्थिक सहयोगमा ६सय ७ जना विद्यार्थीका अभिभावकलाई खाद्यान्न सामाग्री बितरण गरिएको छ ।
दोलखाका युवा समाजसेवी एवम प्रजातान्त्रिक बिचार धरोहर राकेश श्रेष्ठ को विशेष पहलमा ६०७ जना विद्यार्थीका अभिभावकलाई खाद्यान्न सामाग्री बितरण गरिएको हो ।
दोलखाको भीमेश्वर नगरपालिका वडा नं २ तिखातल प्राबिका ७० जना , त्रिपुरासुन्दरी आधारभु बिद्यालयका १सय ३२ जना , सुन्द्रावती आधारभुत बिधालय १सय २० जना र भीम माबी दोलखाका १सय ६५ जना ,फुलपा प्राथमिक बिद्यालय ६५ जना र बाल मन्दिर दोलखाका ५५ विद्यार्थीहरुको अभिभावकहरुलाइ एक कार्यक्रम को आयोजना गरी प्रजातान्त्रिक बिचार धरोहर श्रेष्ठले खाद्यान्न सामाग्री हस्तान्तरण गरेकाछन ।
कोरोनाको कारण स्वास्थ मन्त्रालयको मापदण्ड अपनाएर सामाजिक दुरी कायम गर्दै बिद्यार्थीहरुलाई खाद्यान्न सामाग्री हस्तान्तरण गरिएको थियो । भीमेश्वर नगरपालिका २ का वडा अध्यक्ष बिराज श्रेष्ठको उपस्थितीमा राहत सामाग्री हस्तान्तरण गरिएको छ ।
श्रेष्ठले विद्यार्थीहरुको अभिभावकहरुलाइ राहत बाड्ने कार्य गर्न पाँउदा आफुहरु खुशी भएको भन्दै आगामी दिनहरूमा पनि विद्यार्थीको हक ,अधिकार र संरक्षण गर्दै अगाडि बढ्नका लागी विद्यार्थीमुखी कार्यक्रमहरुको प्याकेज ल्याउने प्रतिबद्धता जाहेर गरेछन ।
भीनपा २ दोलखाको अध्यक्ष श्री बिराज श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सफा सुनौलो नेपालका केन्द्रिय प्रतिनिधि सुरेश प्याकुरेल चाइना फाउन्डेसनका प्रतिनिधि नुज श्रेष्ठ , लाइन्स क्लब अफ दोलखा पुर्ब अध्यक्ष लोकप्रिय गायक दीपक श्रेष्ठ , प्रेस युनियनका दोलखा उपाध्यक्ष निर्जला आचार्य उपस्तिथि रहेको थियोे ।
सामाग्रीहरुमा चामल ,तेल , दाल लगायतका खाद्यान्न सामाग्री हस्तान्तरण गरिएको कार्यक्रम गरिएकोछ । राहत पाए पछि विद्यार्थी र अभिभावक खुशी भएका छन् ।
Leave a Reply