दीपशंकर चौलागाई ,दोलखा ९ असोज । दोलखा जिल्लामा कोरोना संक्रमितको संख्या अबका दिनमा शून्य हुने पक्का पक्की भएकोछ ।
दोलखाली नागरिकको स्वाव चेक नै नगरेपछि कोरोना संक्रमितको संख्या नदेखिने पक्का पक्की नै भएको हो ।
“दैनिक रुपमा सात÷आठ सय कोरोना संक्रमितको तथ्याङक सरकारले सावार्ननीक गर्दा दोलखाको नाम नआउदा केही हद सम्म खुशि हुनु स्वाभाविक नै हो तर दोलखा जिल्लामा दुई दिन यता स्वाव संकलन नै नगरे पछि पिसीआरको रिपोर्ट कसरी आउने । ” नागरिक समाज दोलखाका अगुवा बलराम शिवाकोटीले भने ।
सरकारले जिल्लामा गरेको परिपत्र अनुसार स्वाव लिन मेल खाने कुनै पनि दोलखाली नागरिक नभएकोले स्वाव संकलन नगरेको स्वास्थ्य कार्यालय दोलखाका परिवार नियोजन अधिकृत एवम कोभिट नियान्त्रण संयोजक बासुदेव अधिकारीले बताए । अधिकारीले भने ‘असोज ८ र ९ गते एक जना नागरिकको पनि स्वाव लिनेका काम भएको छैन ।’ स्वाव नै नलिएपछि कति पोजेटिभ कति नेगेटीभ भन्ने उतरै छैन अकिारीले भने ।
सरकारको परिपत्रमा अस्पतालको ओपिडिले ठहर गरेका बिरामी र बिदेश बाट आएका नागरिकहरुको मात्र स्वाव लिने लिखित निर्देशन भएकोले यसमा पर्ने नागरिक नभएकोले स्वाव नलिएको उनको भनाई रहेकोछ ।
हाल सम्म दोलखा जिल्लामा ४३ जानको संक्रमित रहेकोमा ४२ जना ठिक भएको र एक जना चरिकोटको आर्मी ब्यारेकमा नै उपराचार्थ रहेकोले उनको रिपोर्ट आउन बाँकी रहेको उनले बताए । बिगतका दिनमा २१ सयजनाको स्वाव संकलन भएको अधिकारीले जानकारी दिए । अहिले पनि २२ जना होम आइसुलेसनमा बसेको कार्यालयमा जानकारी आएको उनले बताए ।
Leave a Reply