पार्टी सभापतिको सहित टिम बनाएर निर्वाचनमा जाने कांगे्रस पालिकाका सभापतिहरुको घोषण ,बर्तमान सभापतिले लगाएको कालो दाग मेटाउने प्रबिद्धता

 पब्लिक संवाददाता      शुक्रबार, अशोज ९, २०७७      0

दोलखा ९ असोज । अधिवेशनमा सर्वसम्वत नेतृत्व चयन हुने अबस्था बर्तमान जिल्ला नेतृत्वले नगरे पालिकाका सभापति मध्येबाट पार्टी सभापतिको उम्मेद्धवार सहित पुरै टिम बनाएर निर्वाचनमा जाने घोषण गरेकाछन ।
दुइ नगपालिका र सात गाउँपालिका का नेपाली कांगे्रस सभापतिहरुको दोलखा सदरमुकाम चरिकोटमा बसेको बिचार गोष्ठीले सो निष्कर्ष निकाली नेपाली कांगे्रस दोलखाका उपसभापति छवि मोक्तानलाई ध्यानार्कषण पत्र बुझाएका हुन ।
पार्टीमा म भन्ने प्रवृती हाबि भइ हामी नेपाली कांगे्रस भन्ने शब्द नै लामो समय देखी दोलखा जिल्लामा बिलिन भएकोले यसको खोजिको लागी पालिका सभापतिहरुले बिचार गोष्ठी को आयोजना गरेका हुन ।
‘यस पटक परम्परावादी सोचका भकारीहरु खाली पारि नयाँ जोस जाँगर र नेपाली कांगे्रस दोलखामा नयाँ आयम ल्याउने नेतृत्वको आबश्यकता ठहर गरि पालिकाका सभापलिहरुले सर्वसम्बत रुपमा यो निर्णय गरेको हौ । ’ नेपाली कांगे्रस बैत्यश्वर गाउँपालिकाका सभापति राजु उप्रतीले भने ।
नेपाली कांगे्रस शैलुङ गाउँपालिका का सभापति दावा दोर्जे लामाले भने नेपाली कांगे्रस दोलखा सिष्टमका नचलेको पार्टीको विधि विधान अनुरुप अघि नबढेका कारण सचेत गराउन ध्यानार्कषण पत्र बुझाएको बताए ।
नेपाली कांगे्रसको विधानमा पालिकाको कार्यसमितीले गरेको निर्णय जिल्लाले कार्वान्वयन गर्ने र जिल्ला कार्यसमितीले गरेको निणय कार्वान्वयन गन केन्द्रीय समितीले कार्यन्वयन गर्ने दिन नेपाली कांगे्रसमा नभएकोले कार्यकर्ताहरु बिच पार्टी प्रति बितृष्णा जागेको नेपाली कांगे्रस भिमेश्वर नगरपालिका सभापति राजेश श्रेष्ठले दाबि गरे । पालिका सभापतिहरुको मानमर्दन नहुने गरि काम गर्न जिल्ला कार्यसमितीलाई आग्रह गरेकाछन ।
नेपाली कांगे्रस जिल्ला कार्यसमिती बैठकले दोलखा जिल्लामा नेपाली कांगे्रस पार्टीको विधान तोके बाहेक जर्वजस्तरुपमा मपाईत्व देखाउदै बरिष्ठ बन्न नपाईने निर्णय गरेको पनि स्वाकल बरिष्टहरुको कारण पार्टीको सांगाठानिक अबस्था दिनप्रतिदिन खस्कीदै गएको तामाकोशी गाउँपालिका सभापति ङरहरी फुयालले बताए ।
“नेपालीकांगे्रसको बिधानमा जिल्लातहमा वर्तमान सभापति ,निर्वतमान सभापति ,पूर्व सभापति,उपसभापति ,सचिव ्सहसचिव,प्रदेश नं १ क ,प्रदेश न २ ख का सभापति ,पालिका सभापति ,जिल्ला कार्यसमिती सदस्य ,महासमिती सदस्य ,महाधिबेशन प्रतिनिधि ,भातृसंस्थाका अध्यक्ष,सुभेच्छुक संस्थाका अध्यक्ष रहनेमा विधानलाई लत्याउदै दोलखामा बिना मेहोको दाईँ चलेको छ, बिद्यान मिच्ने अधिकार कसैलाई छैन,खबरदार पार्टी तिम्रो बाबुको बकेउदा होइन ।”आक्रोशित मुद्रामा एक स्वाभिमानी कार्यकर्ताले भने ।
गौरबशालि पार्टी नेपाली कांगे्रसलाई भीमबहादुर तमाङ र तत्कालिन पार्टी सभापति उदवराज काफ्लेले मात्र उच्च स्थान पुराएका थिए । उहाँहरुको नेतृत्व सफल भएको राजनैतिक बृतमा चर्चा चलिरहन्छ ।
यता जिल्ला पञ्चायतका इलाका सदस्य बनेका पञ्चायतका हिमायती रुद्रबहादुर खड्का लाई तत्कालिन जिल्ला विकासको सभापति बनाए पछि नेपाली कांगे्रस दोलखाको उधोगति लाल्ने दिन सुरु भएको जानकारहरु बताउछन ।
बहुदल आए पछिको पहिलो जिविस सभापति बनाउन सफल तत्कालिन पार्टी सभापति उदवराज काप्mलेको योदानलाई लात हान्दै रुद्रबहादुर खड्काको कार्य शैलि, नातावाद कृपावाद,र लम्पसारवादका कारण दोस्रो जिविसको निर्वाचनमा नेपाली कांगे्रस लाई शुन्य परिमाण पुगेको एक निष्ठावान कार्यकर्ता बताए ।
माओवादी जन युद्धमा जिविसमा हुदा कमाएको कालोधन हो या सेतो धन खोज्छन भन्ने आशंकामा बनको बाघले भन्दा मनको बाघले खाए जसरी बिभिन्न बहाना बनाई पार्टी र पार्टीका बफदार कार्यकर्तालाई लात हानी १० बर्ष अमेरिकामा भागेका थिए । बर्तमान नेपाली कांगे्रस पार्टीका सभापति खड्काको कारण गर्बका साथ यतिखेर म नेपाली कांगे्रस दोलखाका कार्यकर्ता हुँ भन्न पनि लाजमर्दाे अबस्थामा कांगे्रसको संगठन पुराएको आरोप उनीमाथि लाग्दै आएकोछ ।
प्रतिपक्ष संगको निर्वाचन लड्नु पर्ने भन्ने शब्द कानमा पर्ने बितिकै उनलाई सल्याण पानी चढाउनु पर्ने अवस्था आउनसक्छ । प्रतिपक्ष संग घाँटी जोडि नेपाली कांगे्रसको उम्मेदवार भन्दा नी चन्दा संकलकका रुपमा देखापरि लम्पसारवादको गोरेटो हिडेकाले दोलखाका कांगे्रसको राजनैतिक इतिहासमा कालो दाग लगाएका कारण मूर्छा पर्ने सम्भावाना हुदा सल्यापानी ठिक पारेर मात्र त्यो शब्द सुनाउन राजनैतिक जानकारहरु बताउछन ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *