कृषकहरुलाई ठगी गरेर फरार हुने प्रालि लाई कार्वाहीको माग

 पब्लिक संवाददाता      बुधबार, अशोज ७, २०७७      0

दीपशंकर चौलागाई,दोलखा ७ असोेज । कृषकहरुलाई ठगी गरेर फरार हुने एशोसियशन अफ एग्रिकल्चर नेपाल प्रालिका कर्मचारीलाई कार्वाही गरि न्याय दिलाईदिन किसानहरुले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएकाछन ।
एशोसियशन अफ एग्रिकल्चर नेपाल प्रालिका कर्मचारीले दोलखाका जिल्लाका बिगु गाउँपालिका ,भिमेश्वर नगरपालिका किसानहरुबाट ३१ लाख ६हजार ५ सय रुपैया उठाई फरार भएकाछन ।
एशोसियशन अफ एग्रिकल्चर नेपाल प्रालिका प्रोपाइटर गणेशदत्त भट्ट दोलखाका किसानबाट सदस्यबाट उठाएको रकम १२ लाख २४ हजार ५ सय , पशुपन्छी माग गर्न उठाएको ३ लाख २४ हजार, घरभाडा एक लाख ८ हजार र कर्मचारीको तलब १३ लाख ५० हजार गरि जम्मा ३१ लाख ६ हजार ५ सय रुपैया उठाई फरार भएकाछन ।
कृषक लाई ठगी गरि फरार हुने लाई तत्काल पक्राउ गरि कानुनी कार्वाही गर्ने दोलखाका प्रमुख जिल्ला अधिकारी रमेश प्रसाद शिवाकोटीले बताउनु भयो ।
गाउ टोल टोलमा पुगी सदस्य बनाउन लगाई पैसा उठनई दिए पछि नागरिकलाई गाई लिएर आउछु भने हिडेका एशोसियशन अफ एग्रिकल्चर नेपाल प्रालिका प्रोपाइटर गणेशदत्त भट्टलाई पटक पटक पलोन गर्दा मोाकई स्वीच अफ गरि सम्पर्कका सात महिना देखी नआएकोले प्रालिले राखेका कर्मचारी न्याय को माग राख्दै प्रमुख जिल्ला अधिकारीको मा आएका हुन ।
प्रालिले मासिक १६ हजार तलब दिन्छ भन्ने आशामा कृषकको घर घर पुगी ५ सयका दरले पैसा उठाउदै सदस्य बनाउन हिडेका स्थानिय कर्मचारी लाई कृषकले नछोड्ने भएपछि जिल्ला प्रशासन पुगेका हुन । सदस्य बने बापत एक रोपणी जग्गामा तरकारी लगायत कुनै पनि खेतिपाती गर्ने कृषकलाई त्यहाँ लाग्ने बिहुँबिजन मल निशुल्क दिने जनमुखी कार्यक्रम ल्याएर एशोसियशन अफ एग्रिकल्चर नेपाल प्रालिका प्रोपाइटर गणेशदत्त भट्टले दोलखाका कृषक ठगेका छन ।
१५ सयको सदस्यता कृषकलाई एक रोपणी जग्गामा तरकारी लगायत कुनै पनि खेतिपाती गर्ने कृषकलाई त्यहाँ लाग्ने बिहुँबिजन मल निशुल्क मात्र नभई गाईपाल्न गर्न समेत लगानी गर्ने मिठो सपना देखाएका थिए ।
एशोसियशन अफ एग्रिकल्चर नेपाल प्रालि कोहलपुर नगरपालिका ११,बाँके २०७३ सालमा दर्ता भएको छ । ठग संस्था लाई तत्कालिन भीमेश्वर नगरपालिका प्रमुख प्रशासकिय अधिकृत रामकृष्ण उप्रेतीले २०७५ कार्तिक १४ गते र बिगु गाउँपालिकाका प्रमुख युधिष्ठर खड्काले २०७६ साउन १९ गते कार्यक्रम संचालन गर्न अनुमती दिएका थिए ।
स्थानिय कर्मचारी नियुक्त भएका सुन्दरी कार्की ,रञ्जना पाण्डे,शोविना रेग्मी ,भीमलक्ष्मी शेर्पा र संजय राणले संयुक्त निवेदन दिदै छानविनको गरि माग गरेकाछन ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *