दीपशंकर चौलागाई ,दोलखा ६ असोज । नेपाली कांगे्रस दोलखाका युवा नेताहरुको पहलमा लापिलाङ पहिरो पिडितहरुलाई सय २५ बोरा चामल र २० थान न्यानो कम्बल बितरण गरेकाछन ।
दीन दुखी पहिरो पिडित नागरिकलाई सेवा गर्न नेपाली कांगे्रका नेताहरुले पटक पटक लापिलाङका पहिरो पिडित लाई सहयोग गर्दे आएकाछन ।
नेपाली कांगे्रसका युवा नेता झलक बस्नेत र कांगे्रस दोलखाका लोकप्रिय नेता अर्जुन शिवाकोटी , नेपाली कांग्रेस नेतृ बिनिता अधिकारी काफ्ल र निष्ठावान युवा नेता टेकराज शिबाकोटीको विशेष सहयोग पहिरो पिडित लापिलाङबासिलाई २ सय २५ बोरा चामल र २० थान न्यानो कम्बल बितरण गरिएको छ ।
नेपाली कांगे्रस दोलखाका पार्टी प्रबक्ता रञ्जित कुमार पाठक र नेपाली कांगे्रस दोलखा नेता राजु लामा कांगे्रस नेता दिपक खुलाल,स्थानिय कांगे्रस नेता सहदेव खड्का लगायतको अगुवाइ आज राहात बितरण गरिएको छ ।
गाउँपालिकाको वडा नम्बर ५ लापिलाङका पहिरो पीडितलाई मंगलबार काठमाडौको धापासिमा रहेको ग्राण्डी टावरमा बसोबास गर्ने ब्यक्तिहरु, कालिन्चोक गाउँपलिका बासी र बिपि अध्ययन प्रतिस्ठानको पहलमा सङ्कलन गरिएको करिब ३ लाख बराबरको खाद्यान्न सामाग्री सहयोग गरेका छन।
यस अघि नेपाली कांगे्रस दोलखाले पहिरो जाने बितिकै बिचल्नीमा परेका ५५ घरपरिवारलाई त्रिपाल,जस्ता र खाद्यान बितरण गरेको थियो । स्थानिय नेपाली कांगे्रसका नेता सहदेव खड्काको पहलमा दुईपटक पहिरोपिडित नागरिकलाई खाद्यान बितरण गरिएको नेपाली कांगे्रस दोलखाले जनाएकोछ । पूर्व मन्त्रि एवा नेपाली कांगे्रसका नेता शंकर भण्डारी ,नेपाली कांगे्रसका नेता एवा संघिय संसद जिपछिरिङ लामाले खाद्यान,नेपाली कांग्रेसका युवा नेता एवम पार्टी सचिव बालकृष्ण आचार्य पहिरो पिडितलाई माक्स र खाद्यायान सहयोग गरेको स्थानिय कांगे्रस नेता सहदेव खड्काले बताएकाछन ।
Leave a Reply