निमार्ण व्यबसायीकाे लिखित प्रतिबद्धता,कार्तिक मसान्त भित्र १५ किलोमिटर सडक कालो पत्रे

 पब्लिक संवाददाता      मङ्लबार, अशोज ६, २०७७      0

दीपशंकर चौलागाई ,दोलखा ६ असोज । लामासाँगु जिरि सडक खण्डको मुडे चरिकोट सडक निमार्णमा ढिला सुस्ती गरि स्थानिय नागरिकले सास्ती भोगेका कारण आज दोलखा सदरमुकाम चरिकोटमा स्थानिय प्रशासन निमार्ण व्यबसायी लाई लिखित प्रतिबद्धता गर्न लगाएकोछ ।
एबुलेन्स चरिकोट बाट बिरामी लिएर काठमाण्डौ जान नसेपछि आन्दोलन रत दोलखाको नागरिक समाज र निमार्ण व्यबसायी दुबै राखी प्रमुख जिल्ला अधिकारी रमेश प्रसाद शिवाकोटीले लिखित प्रतिबद्धता गर्न लागाएकाहुन ।
२०७७ कार्तिक मसान्त भित्र चरिकोट बजार र मुडेखरिढुङगाबाट न्यूनतम १५ किलोमिटर सडक कालोपत्रे गर्ने ,मुडे चरिकोट सडक खण्डको बिग्रिएको स्थानमा तत्काल सात दिन भित्र सवारी आगवान सहज गराउदै सडक मर्मत गर्ने निमार्ण व्यबसायी लाई लिखित प्रतिबद्धता गराएको प्रमुख जिल्ला अधिकारी रमेश प्रसाद शिवाकोटीले बताए ।
लामासाँगु जिरी सडक आयोजनाले निमार्ण कार्यलाई आबश्यक सहजिकरण गरि सम्झौता कार्यान्वयन गर्न लाउने छ । निमाणए व्यबसायीको प्रतिबद्धालाइ अक्षरस पालन गराउन आयोजनले निरन्तर अनुगन गर्ने भएकोछ । लिखित प्रतिबद्धता कार्यान्वयन नभए निमार्ण व्यबसायिलाई कार्वाहीको प्रक्रिया अधि बढाउने समेत लामासाँगु जिरी सडक आयोजना प्रमुख दिप बाराही जानकारी दिए ।
दोलखाकोको जिल्ला प्रशासनमा भएको त्रिपक्षीय लिखित प्रतिबद्धता कार्यान्वयनमा कुनैपनि संका नगर्न शकिल हैदर तथा शंकर माली निर्माण सेवाका निमार्ण व्यबसायीले बताएकाछन । २०७८ सालको बैशाख महिना भित्र मुडे चरिकोटको ३० किलोमिटर सडक पुरै कालोपत्रे गर्ने छौ शकिल हैदर तथा शंकर माली निर्माण सेवाका निमार्ण ब्यबसायि दीपक सापकोटाले भने ।
सडकको स्तउन्नोती नगरि छिटो सहज रुपमा बिरामीलाई काठमाण्डौका सुविद्या सम्पन्न अस्पतालमा पुराउन नसकिने अवस्था हुदा गृह प्रशासनलाई अनुरोध गरि हेलिकप्टरबाट बिरामीको उदार गर्नु पर्ने अवस्था पटकपटक आएकोले जिल्ला प्रशासन कार्यालय दोलखाले तत्काल निमार्ण ब्यवसायीलाई पत्र काटी लिखित प्रतिबद्धता गर्न लगाएको हो ।
मुढे–चरिकोट ३० किलोमिटर सडक खण्ड स्तरोन्नतिको जिम्मा लिएको शकिल हैदर तथा शंकर माली निर्माण सेवाले संग २०७६ पुष मसान्त भित्र सब बेश र ग्रावेलको काम गर्ने तथा फागुनको तेस्रो साता भित्र कालोपत्र शुरु गरी २०७७ साल जेठ २२ गते सम्ममा कालो पत्रे सम्पन्न गुर्न पर्ने थियो । सहमती भएको हाल सम्म काम सुरु गरिएको छैन । खाडिचौर–मुडे २५ किलोमिटर सडक खण्ड को सडक स्तरोन्नतिको काम जिम्मा लिएको सिमाञ्चाल ÷गौरिपार्वती÷सुनौला खिम्ती जेभीले कालोपत्र करिब ९८ प्रतिशत गरि सक्दा मुढे–चरिकोट ३० किलोमिटर सडक खण्ड स्तरोन्नतिको जिम्मा लिएको शकिल हैदर तथा शंकर माली निर्माण सेवा विभिन्न बाहाना बनाई पन्छिन खाजेको पछि आज लिखित प्रतिबद्धता गराएका हुन । मुढे ­चरिकोट सडक विस्तारमा भएको ढिलाईका कारण सडक वर्षातमा हिलाम्य र हिउँदमा धुलाम्य भई दोलखाका वासिन्दाहरु कष्टकर यात्रा गर्न बाध्य छन् ।

,

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *