
दीपशंकर चौलागाई, दोलखा ४ असोज । दोलखाको सदरमुकाम चरिकोटमा रहेको कालिञ्चोक माध्यामिक बिद्यालयले सिकाई सहजिकरणका कक्षा आजबाट औपाचारिकरुपमा संचालनगरेको छ ।
नेपाल सरकार शिक्षा मन्त्रालय द्धारा प्रकाशित सिकाई सहजिकरण निर्देशिका २०७७ अनुरुपमा बिद्यार्थीहरुलाई सिकाई सहजिकरणका कक्षा सुरु गरेको हो ।
कोराना भाईसको संक्रमणबाट जोगिन अधिकतम मात्रमा सुरक्षका मापदण्ड अपनाई कक्षा ९ र १० कक्षा मात्र नभई यहाँ संचालनमा रहेका डिप्लोमा स्तरका सिभिल इन्जिनेरिङ र कम्प्यूटर इन्जिनेरिङका कक्षा समेत संचालन गरेकोछ । बिहानको समयमा इन्जिनेरिङका कक्षा र दिउँसोको समयमा ९ र १० कक्षाका औपचारिकरुपमा संचालन गरि सिकाई सहजिकरण गरेको प्राचार्य नबराज न्यौपानेले बताए ।
१३ सय भन्दा माथि बिद्यार्थी रहेको यस बिद्यालयमा दोलखा जिल्ला कै उत्कृष्ट नमुना बिद्यालय हो । बाग्मती प्रदेश सरकारले नमुना बिद्यालयको रुपमा यस बिद्यालयलाई छनौट गरि नमुना कक्षा संचालन गदै आएकोछ । समाजिक दुरि कायम गरि शिक्षलयले का डिप्लोमा स्तरका सिभिल इन्जिनेरिङ र कम्प्यूटर इन्जिनेरिङ का पहिलो दोस्रो ,तेस्रो र चौथो सेमिस्टरका कक्षा संचालन गरेको छ । कक्षा ९ र १० लाई एकदिन ९ र हार्को दिन १० का बिद्यार्थी बोलाएर शिकाई सहजिकरण गर्ने निर्णय गरि कक्षा संचालन गरेकोछ । कक्षा १ देखी ८ सम्मका बिद्यार्थीहरुलाई वर्कसिट बितरण गरि सिकाई सहजिकरण गर्ने शिक्षालयले जनाएको छ ।
प्राबिधि धराका कक्षाहरु बैकल्पिक बिधिबाट सिकाई सहजिकरण असम्भव भएकोले नेपाल सरकारले निर्देशन गरेको सिकाई सहजिकरण निर्देशिका २०७७ अनुरुपमा बिद्यार्थीहरुलाई सिकाई सहजिकरण गर्न सम्पूर्ण सुरक्षा मापदण्ड अपनाई समाजिक दुरि कायम गरि कक्षा संचालन गर्न बाध्य भएको डिप्लोमा कम्प्यूटर इन्जिनेरिङ का इन्चार्ज सौगात थापाले जानकारी दिए ।
बिद्यार्थी सिकाइ सहजिकरणको लागी आधुनिक प्रविधिको प्रयोग गरेर समेत सिभिल इन्जिनेरिङ का कक्षा संचालन गरेका छौ सिभिल इन्जिनेरिङ का इन्चार्ज सागर शर्मा घिमिरेले भने ।
।
Leave a Reply