पहिरो पिडितलाई सुरक्षित स्थानमा सारि एकीकृत वस्ति निर्माण गर्ने मन्त्रि गुरुङको प्रतिबद्धता,

 पब्लिक संवाददाता      शनिबार, अशोज ३, २०७७      0

दीपशंकर चौलागाई ,दोलखा, २ असोज । कालिञ्चोक गाउँपालिका ५ लापिलाङको पहिरो प्रभावित क्षेत्रमा पुगेर संघीय सरकारका महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले राहत वितरण गरेकाछन ।
उनले २ सय ६४ जनालाई त्रिपाल, खाद्यान्न लगाएतको राहत सामाग्री वितरण गरेका हुन । पहिरो प्रभावित क्षेत्रको निरिक्षण गर्दै मन्त्री गुरुङले कालिञ्चोकका पहिरो पिडित परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने र एकीकृत वस्ति निर्माण गरि दिने बताएकाछन ।
स्थलगत निरिक्षण गर्दै मन्त्री गुरुङले कालिञ्चोक गाउँपालिका वडा नम्वर ५ लापिलाङका २४ घर पुर्ण रुपमा क्षतिग्रस्त, सय घर विस्थापित र २ सय ४७ परिवार प्रभावित भएको जानकारी दिए ।
मन्त्री गुरुङसँगै प्रदेश सांसद पशुपति चौँलागाई, पूर्व पर्यटनमन्त्री आनन्द प्रसाद पोखरेल, नेकपा दोलखाका अध्यक्ष ईश्वरचन्द्र पोखरेल, जिल्ला समन्वय समिति दोलखाका प्रमुख डवल पाण्डे, प्रमुख जिल्ला अधिकारी रमेश शिवाकोटी, कालिञ्चोक गाउँपालिकाका अध्यक्ष विनकुमार थामी, कालिञ्चोक गाउँपालिकाकी उपाध्यक्ष कालिका पाठक, लगायतको टोली प्रभावित क्षेत्र पुगेको थियो ।
यस अघि मन्त्री गुरुङ गौरीशंकर गाउँपालिकाको खारे र सुरीको पहिरोस्थलको स्थलगत निरिक्षण गर्न आएका थिए । उनले पीडित परिवारलाई भेटेर आर्थिक सहयोग गरेका थिए ।
यता नेपाली कांगे्रस दोलखाले पहिरो जाने बितिकै बिचल्नीमा परेका ५५ घरपरिवारलाई त्रिपाल,जस्ता र खाद्यान बितरण गरेको थियो । स्थानिय नेपाली कांगे्रसका नेता सहदेव खड्काको पहलमा दुईपटक पहिरोपिडित नागरिकलाई खाद्यान बितरण गरिएको नेपाली कांगे्रस दोलखाले जनाएकोछ । पूर्व मन्त्रि एवा नेपाली कांगे्रसका नेता शंकर भण्डारी ,नेपाली कांगे्रसका नेता एवा संघिय संसद जिपछिरिङ लामाले खाद्यान,नेपाली कांग्रेसका युवा नेता एवम पार्टी सचिव बालकृष्ण आचार्य पहिरो पिडितलाई माक्सर खाद्यायान सहयोग गरेको स्थानिय कांगे्रस नेता सुवास थापाले बताएकाछन ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *