प्रहरीले दिने सेवामा थप सुधार ल्याउन दोलखामा पहिलो पटक गुनासो संकलन पेटिका

 पब्लिक संवाददाता      शुक्रबार, अशोज २, २०७७      0

दोलखा २ असोज । नागरिकको गुनासो र सुझावको आधारमा प्रहरी कर्मचारीले दिने सेवामा थपसुधार ल्याउने उदेश्यले दोलखाका नगरपालिकाका प्रवेश द्धारहरुमा पहिलो पटक गुनासो संकलन पेटिका राखेकोछ ।
शान्ति सुरुक्षाका सवासलमा सुशासन र उत्तरदायी लागि जिल्ला प्रहरी कार्यालय दोलखाले गुनासो संकलन पेटिकाको व्यवस्था गरेको हो ।
नागरिकले प्रत्यक्ष रुपमा प्रहरीलाई आफ्ना गुनासो पोख्न नसक्ने अवस्थामा गुनासो पेटिका मार्फत प्रहरीलाई राख्न सक्ने छन् ।
नागरिकले राखिएका गुनासो, सुझावले प्रहरीको राख्न नसक्ने हुदा दोलखा प्रहरीको इतिहासमा पहिलो पटक भीमेश्वर नगरपालिकाको प्रवेशद्धारमा राखिएको गुनासो संकलन पेटिका राखेको नगरप्रमुख भरत केसीले बताए । नगरपालिकाको प्रवेशद्धारमा राखिएको गुनासो संकलन पेटिकाको साँचो बुझ्दै नगरप्रमुख केसीले भने ‘जनताको मन जित्न र जनतासँग घुलमिल हुन प्रहरीको अभियान कोशेढुङगा सावित हुनेछ ।’
बागमती प्रदेशको २८ स्थानको अबसर पारि दोलखाको एकैसाथ भीमेश्वर नगरपालिका र जिरी नगरपालिकामा गुनासो पेटिका राखिएको प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए । उनले भने यो पहिलो अभियान हो,दोस्रो चरणमा दोस्रो चरणमा सबै ठसातै वटा गाउँपालिका र ७४ वटा वडा कार्यालयमा गुनासो पेटिकाको व्यवस्था गर्ने छौ ।
कर्मचारीहरु र प्रहरी क्षेत्रमा सुशासन र उत्तरदायी हुने विश्वास प्रहरी कार्यालयले लिएको पोखरेलले बताए । जनतासँग नजिक रहेर प्रहरीको कमी कमजोरी र प्रहरी क्षेत्रमा सुधार ल्याउन गुनासो पेटिकाले सहयोग पुर्याउने दोलखाका प्रहरी निरिक्षक रेशम बोहोरा भनाई रहेकोछ ।
हरेक महिनाको १ गते प्राप्त गुनासोलाई जिल्ला प्रहरी कार्यालयमा बुझाउने र जिल्ला प्रहरी कार्यालयले बागमती प्रदेशमा पुर्याउने जिम्मेवारी बहन गर्न भीमेश्वर भीमेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर खड्का जिम्मेवारी प्रदान गरिएकोछ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *