पब्लिक संवाददाता
बिहिबार, अशोज १, २०७७
0
नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको सचिवालयका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । सचिवालय कर्मचारीमा संक्रमण पुष्टि भएसँगै देउवासमेत कन्ट्रयाक ट्रेसिङमा परेका छन् । सभापति देउवा देउवा होम आइसोलेसनमा बसेका हुन् ।
सचिवालयमा कार्यरत अन्य चार जनाको रिपोर्ट भने नेगेटिभ आएको छ । सभापति देउवाको भोली स्वाब परीक्षण गरिने सहयोगी भानु देउवाले जानकारी दिए । देउवा होम आइसोलेसनमा बसेसँगै आजका लागि तय भएको सत्तारुढ र प्रमुख प्रतिपक्षीबीचको छलफल पनि स्थगित भएको छ ।
देउवाको कोरोना परिक्षणको रिपोर्ट आएपछि मात्र बैठक बस्ने बताइएको छ । सत्तापक्ष र प्रमुख प्रतिपक्षका शीर्ष नेताबीच संवैधानिक आयोगको रिक्त पदमा नियुक्तिलगायत समसामयिक विषयमा आज छलफल हुने पूर्व निर्धारित कार्यक्रम थियो ।
Leave a Reply