असोज ७ गतेबाट बिद्यालयलाई सिकाई केन्द्र मानेर सिकाई सहजीकरण गर्ने जिल्ला शिक्ष समिती दोलखाको निणर्य

 पब्लिक संवाददाता      मङ्लबार, भदौ ३०, २०७७      0

दीपशंकर चौलागाई ,दोलखा ३० भदौ ।दोलखा जिल्ला सम्पूर्ण बिद्यालयमा असोज ७ गतेबाट पठन पाठन औपचारिक रुपमा सुचारु हुने भएकोछ ।
कोरोना भाईरस(कोभिड(१९) रोकथामका लागि स्वास्थ्य सुरक्षाका सम्पुर्ण मापदण्डहरु अपनाउदै बिद्यालयहरुमा पठनपाठन सुरु गर्न जिल्ला शिक्षा समन्वय इकाइ दोलखालाई जिल्ला शिक्षा समिति दोलखाले निर्देशन दिएको छ ।
जिल्ला शिक्षा समन्वय इकाइ दोलखाका प्रमुख शंकरबाबु श्रेष्ठले भन्नु भयो सदरमुकाम चरिकोटमा जिल्ला शिक्षा समिति दोलखाका अध्यक्ष श्री डबल पाण्डेको अध्यक्षतामा बसेको बैठकले आज सो निर्णय गरेको छ ।
श्रेष्ठले पालिकाले आप्mनो अबस्थालाई हेरेर, बिद्यालयले पनि आप्mनो भौतिक अबस्था , शिक्षक संस्या बिद्यार्थी संख्यामा आधारित रहेर, सामुदायमा रहेका सिकाई केन्द्र र बिद्यालयलाई शिकाई केन्द्र मानेर सिकाई सहजीकरण गर्न सकिने बताउनुभयो ।
जिल्ला शिक्षा समितीको बैठकले दोलखा जिल्लाका सम्पुर्ण स्थानीय तहहरुमा कोरोना भाईरस(कोभिड(१९) रोकथामका लागि स्वास्थ्य सुरक्षाका सम्पुर्ण मापदण्डहरु अपनाउदै प्राथमिक तहका सिकाइ केन्द्रहरुमा सिकाइ सहजिकरण गर्ने र आधारभुत तथा माध्यमिक तहहरुमा असोज ७ गतेदेखि विद्यालयमा पठनपाठन सुचारू गर्ने निर्णय गरेको जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले जानकारी दिनुभयो ।
बैठकमा प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, सम्पुर्ण स्थानीय तहका शिक्षा शाखा प्रमुखहरु लगायतको उपस्थिति रहेको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *